जिल्ला समाचार

डोकोमै पानी बोकेर खान वाध्य ईस्मा ५ का जनता, एक घर एक धारा नारामा मात्र सिमित

मनोज कार्की
गुल्मी, २२ मंसिर । पछील्लो केही समय देखी हामी सबैको कानमा गुन्जिने गरेको “एक घर एक धारा” भन्ने नारा नारामा मात्रै सिमित भएको छ । गुल्मीका केहि ठाउँमा अझै पनि डोकोमा पानी बोकेर खानुपर्छ भन्दा अचम्म लाग्न सक्छ । तर केहि ठाउँमा अझै पनि घण्टौँ हिँडेर डोकोमा खानेपानी बोक्नु पर्ने बाध्यता छ । गुल्मीको इस्मा गाउँपालिका वडा नं ५ मा खानेपानीको हाहाकार नै छ ।

इस्मा गाउँपालिका वडा नं ५ का टोप बहादुर नेपाली अहिले ३७ बर्षका भए । उनि गाउँमा सामान्य किराना पसल गर्छन् । तर उनलाई पसलको भन्दा खानेपानीको चिन्ता धेरै लाग्छ । उनले सिद्ध प्राथामिक बिद्यालय नजिकैबाट खानेपानी बोक्दै आएका छन् । बिद्यालयमा पनि निरन्तर पानी नआउने भएकाले कहिले काहिँ त दुई घण्टाको बाटो हिँडेर अधेँरी खोलाबाट पानी बोक्ने गर्छन् । यो समस्या उनको मात्रै होईन ब्याडीपोखरी कै अनु बिष्ट पनि बिहान देखि बेलुका सम्म पानी बोक्ने काममा नै ब्यस्त हुन्छन् त्यस्तै सोहि टोलका भोजराज बिष्ट पनि खानेपानी डोकोमा बोक्नु पर्ने भएकोले दिक्क परेका छन् ।

ब्याडि पोखरीको सिङ्गो टोललाई नै खानेपानीको ठुलो समस्या परेको छ । डोकोमा पानी नबोके सम्म सोहि टोलका घरपरिबारको भान्सामा खाना पाक्दैन । स्थानियहरु खानेपानीको समस्या भएपछि जनप्रतिनिधि हरुलाई दोष दिदैँ आएका छन् । वडामा खानेपानीको लागि वडामा गत बर्ष ब्याडि पोखरी बनगाउँ खानेपानी योजनाका लागि इस्मा गाउँपालिका बाट ५ लाख बजेट बिनियोज गरिएको र सोहि रकमले ट्याङकी निर्माण गरिएको अध्यक्ष कलानिधि भण्डारी बताए । यस बर्ष वडामा खानेपानीकै लागि २५ लाख बिनियोजन भएको रकमले खानेपानीकोकै काम हुँदै गरेको र सकेसम्म यसै बर्ष पानी खुवाउने नभएमा अर्को बर्ष खानेपानी घरघरमै पुराएर छोड्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए ।

इस्मा गाउँपालिका बडा नं ५ मा आठ सय घरदुरी रहेको वडामा ७६ जना मात्रै एक घर एक धाराबाट लाभम्बित भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D