मुख्य हेडलाईन

ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, चैत ३१ । काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ ।

अनलाइन कक्षामार्फत पठनपाठनलाई त्यसको विकल्पको रुपमा लिन स्वास्थ्य मन्त्रालयले सुझाव गरेको छ ।

हाल देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको निष्कर्ष निकाल्दै मन्त्रालयले कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजेको हो ।

१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री त्रिपाठीले यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको र औपचारिक निर्णय हुन बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D