जिल्ला समाचार

टिनको छानोमा कष्टकर जीवन विताएका आमाछोरीका लागि बन्ने भयो घर

गंगा खड्का
गुल्मी, रेसुंगा नगरपालिका–७ स्थित विपन्न र अपाङ्गता भएका आमा छोरीका लागि स्थानीय र रेसुंगा नगरपालिकाको सहयोगमा घर निर्माण हुने भएको छ । वृद्ध आमा ७६ वर्षिय देउरुपा पन्थी र छोरी ३४ वर्षिय सिता पन्थी लामो समयसम्म एकछाले जीर्ण टिनको छानाभित्र कष्टकर जिवन यापन गर्दे आएका थिए । परिवारमा आम्दानी गर्ने अरु कोही नहुँदा उनीहरु तमघासकै खोला किनारमा रहेको सुकुम्वासी जग्गामा झण्डै २९ वर्ष विताएको वृद्ध देउरुपा पन्थीले बताईन् ।

‘छोरी अपाङ्ग छ ,’ उनले वेदना पोख्दै भनिन्,म बुढी भए । परिवारमा अरु कोही छैन ।’ कुप्रो परेको ज्यान अनि त्यसैमा आँखाले खासै भर नपाउने देउरुपालाई सुकुम्बासीको जग्गामा एकछाले टिनको छानोमा ओत लागेको लामो समयसम्म कसैले देखेनन् । ३४ वर्षिय छोरी सितालाई पनि उभिनका लागि लौरो र अन्य व्यक्तिको साहारा चाहिन्छ । आमा छोरी दुवैको यो कष्टपुर्ण जिवनमा विहान साँझ छाक टार्न समेत मुश्किल पर्छ । राम्रो घरमा बस्नेत उनीहरुको सपनाजस्तै बनेको थियो । देउरुपाका पती जीवितै रहँदा घरको पुख्र्यौली सम्पती सवै बेचेर सकेका थिए ।

५ वर्षकी अपाङ्ग छोरीलाई काखी च्यापेर तमघासकै सुकुम्बासी जग्गामा टिनको छाप्रो बनाएर बसेको देउरुपा पन्थीले बताईन् । पतीको मृत्यु भयो । उमेर ढल्कदै गयो तर उनका दिन फेरिएनन् । दैनीकी झन् कष्टकर बन्दै गयो । सुकुम्बासीको झुपडीमा कष्टकर जीवन विताएको झण्डै ३० वर्षमा उनका लागि स्थानीय,नगरपालिका र अन्य संघ संस्थाको सहयोगमा घर बन्ने भएको छ ।

रेसुंगा नगरपालिका,आशा अपाङ्गकेन्द्र,विरभद्र जंग गुल्म गुल्मी,साईराम,कल्याणकारी आमा समुह र स्थानीय उद्योगी,व्यवसायी लगायत पन्थी समाज र नागरिक समाजको पहल र सहयोगमा उक्त घर निर्माण गर्न लागिएको हो । नेपाली सेनाले दैनिक ५ जना जनशक्ति घर निर्माणमा पठाउने सेनानी रविन्द्र महर्जनले बताए । त्यस्तै नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने नगरपालिकाका उपमेयर सिता भण्डारीले बताईन् । उनले आवश्यकता अनुसार नगरको सहयोग रहने उल्लेख गरिन् ।

वृद्ध देउरुपा र अपाङ्गता भएकी उनकी छोरी सिताका लागि २ कोठा र ट्वाईलेट बाथरुमसहितको घर निर्माणका लागि झण्डै ६ लाख ३३ हजार रुपैयाँ लागत लाग्ने नगरपालिकाका सव ईन्जिनियर चक्र केसीले बताए । संकलित रकम र सहयोगले घर निर्माण गर्न गाह्रो हुने भएकाले सम्पुर्ण सवैले सहयोग गर्नुपर्ने स्थानीयको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D