झिनियाको कारोवार बढ्दो, तिहारमा मात्रै झण्डै ३० लाखको व्यापार

कौरव खत्री
गुल्मी । गुल्मीको वामीटक्सार बजारमा तिहारको समयमा झिनियाको व्यापारमा निकै वृद्धि आएको छ । मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा तिहार आसपासमा वामीटक्सार बजारबाट मात्रै झण्डै ३० लाख बराबरको झिनिया कारोवार भएको स्थानीय झिनिया व्यापारी चिरिञ्जीवी शाक्यले जानकारी दिए ।

दशै र तिहारको समयमा मात्र खपत हुने झिनिया पछिल्ला केहि बर्षयता झिनिया बाह्रै महिना राम्रो खपत हुने गरेको र अहिले स्थानीय वामीटक्सार बजारमा झिनिया व्यवसायीहरु बढेर झण्डै ७०÷८० जना सम्म झिनिया व्यवसायी पुगेको स्थानीय झिनिया व्यापारी शाक्यले जानकारी दिए ।

वामीटक्सार बजारमा उत्पादित झिनिया छिमेकी जिल्ला तथा स्थानीय बजार र गाँउघरमा समेत खपत हुने गरेको पाइन्छ ।

तिहारको समयमा मात्र आफूले झण्डै डेढ लाख भन्दा बढिको झिनियाको व्यापार गरेको भन्दै झिनिया बनाउन सक्ने हो भने जति पनि झिनिया खपत हुने गरेको र झिनिया विक्रिवितरण नहोलाकी भन्ने चिन्ता चाही नहुने मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारकी स्थानीय झिनिया व्यवसायी बिष्णुमति श्रेष्ठले बताइन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ