जिल्ला समाचार

झाडापखलाले दजाकोटमा १ बालकको ज्यान लियो, डब्लुएचओको टोलीले मुहान परिक्षण गर्दै

टोपलाल अर्याल
गुल्मी, १५ बैशाख । गुल्मीको मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटकोमा फैलिएको झाडापखालाको प्रकोपको कारण एक जना बालकको मृत्यु भएको छ । स्थानीय पशुपति निमाविको कक्षा ६ मा अध्ययन गर्ने १२ बर्षीय रेशम सिंजालीको मृत्यु भएको हो । उनी टेक बहादुर रेश्मीका छोरा हुन् । मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलका अनुसार परिवारले गलत सुचना दिएका कारण बालकको मृत्यु भएको हो ।

दजाकोटमा स्वास्थ्यकर्मी र औषधीको प्रयाप्त व्यावस्था गरिए पनि बालक बिरामी भएको सुचना परिवारले नगराउँदा मृत्यु भएको छन्तेलले बताए । अहिले बालकलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइँदै गरेको छ । दजाकोटमा झाडा पखलाको प्रकोप खानेपानीमा कोलिफम भएका कारण फैलिएको पुष्टि भएको छ । दुषित खानेपानीका कारण दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोप अझै नियन्त्रणमा आएको छैन । जसका कारण सिङ्गो गाउँकै जनजिवन प्रभावित भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीमार्फत पाल्पाका गरिएको परिक्षणमा दजाकोटमा खानेपानीमा कोलिफम भएको पुष्टि कार्यालय इन्जिनियर प्रकाश न्यौपानेले बताए ।

अहिलेसम्म दजाकोटमा एक सय ६० जना बढि बिरामी परेका छन् । बिरामी मध्ये स्थानीय ५९ बर्षीय कुमारी सिंजालीको अवस्था गम्भीर भएकाले चितवन मेडिकल कलेजमा उपचार भइरहेको स्थानीय युवा बिमल छन्तेलले बताए । त्यस्तै तीन जनाको गुल्मी अस्पतालमा तीन दिनदेखि उपचार भइरहेको छ । गत बैशाख ८ गतेबाट सुरु भएको समस्या अझै पुरै नियन्त्रणमा आउन सकेको छैन् । बिरामी मध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको मुसिकोटका स्वास्थ्य संयोजक डिबि जिसीले जानकारी दिए । खानेपानीका कारण दजाकोटमा झाडा पखला लगायतको प्रकोप देखिएपछि काठमाण्डौको बिज्ञ टोली दजाकोटमा आएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा डाक्टर प्रियकां श्रेष्ठसहितको चिकित्सक टोलीले अहिले दजाकोटको खानेपानीको मुहानको अवलोकन तथा खानेपानी परिक्षण गरिरहेको छ । आज दिउँसो खानेपानीमा भेटिएको दिसाको परिक्षण गर्ने स्थानीय युवा बिमल छन्तेलले बताए ।

गाउँका सवै नागरिक बिरामी पनर्न थालेपनि स्थानीय पशुपति निमावि पनि बन्द गरिएको छ । घरका अभिभाव र बालबालिकानै बिरामी पर्न थालेको र बिद्यालयमा अझै धेरै सर्ने सम्भावना भएकाले बन्द गरिएको प्रध्यानाध्यापक जुक्त बहादुर छन्ेतलले बताए । बिद्यालयमा अहिले एक सय १५ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । समस्या अझै नियन्त्रणमा नआएकाले बिद्यालय संचालन नहुँदा नयाँ शैक्षिक सत्रको पढाई प्रभावित भएको प्रध्यानाध्यापक छन्तेलले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D