अनिल खत्री
२१ चैत, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सुरु भएको तेस्रो गुल्मी महोत्सवमा छैठौं दिन पनि बिबिध कार्यक्रम सम्पन्न भएका छन् । गएको चैत १६ गतेबाट सुरु भएको महोत्सवमा दिनानुदिन महोत्सवमा दर्शको भिड वढन थालेको छ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव चलिरहेको छ ।
महोत्सवमा बिभिन्न मनोरञ्जनात्म कार्यक्रमहसँगै बिभिन्न कृषि तथा औद्योगीक सामाग्रीहरु राखिएकाले पनि दर्शकहरुको दैनिक भिड वढ्न थालेको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तु्तिले पनि दैनिक जसो दर्शकहरुको चाप वढेको हो ।
सदरमुकाम तम्घासमा चलेको महोत्सवको पाँचौ दिन अर्थात बुधवार पनि राष्ट्रिय कलाकारले दिन भर सांगीतिक प्रस्तुति दिएका थिए । साँगीतिक प्रस्तुतिमा गायक रामजी खाँड, सरिता कार्की, रुपा जिएम लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा बिचबिचमा स्थानिय बिद्यालयका बिभिन्न नृत्य प्रस्तुत गरेका थिए । अरु दिन भन्दा पनि फरक रहेको थियो बुधवार सदरमुकाम तम्घास । धेरै दर्शकहरुको भीड थियो तर मौसम भने दिनभर नै पानीमय बनेको थियो ।
साउने झरि झै पानी परिरहेपनि महोत्सवको अन्तीम सम्म सम्म दर्शकले साथ दिए । गायक रामजी,सरिता र रुपाले राखेको सांगीतिक प्रस्तुति दिए । झरि नभनी दर्शकले साथ दिए । चिदीचौरको सिलाम्य कार्यक्रम स्थल तर दर्शकको साथ भने कमी थिए । सांगीतिक प्रस्तुतिमा रमाउने दर्शकलाई भने बुधवार दिनभर परेको झरिले कुनै फरक पारेन । तिन जना कलकारले झण्डै एक दर्जन गीत प्रस्तुत गरे । दर्शकले भने कलाकारका सबै गीतहरुमा नाचेर गाएर साथ दिए । पानीसँगै साँझ पर्दै थियो तर पनि दर्शकको जमात कुनै पनि हलचल थिएनन् । झरिमा पनि दिनभर महोत्सव स्थल चिदीचौर स्थल साँगीतिक मय बनेको थियो ।
गुल्मी महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषा, सम्पदा, तथा प्रविधिको जर्गेना गर्ने, स्थानीय कृषि एवं औधोगिक उत्पादनको बजारीकरण गर्ने आयोजकले अपेक्षा लिएको छ ।
जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।
सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए । महोत्सवको बिहिवार चैत २२ गते गायक खुमन अधिकारी,पिरती आले,शोभा त्रिपाठी लगायत गुल्मी जिल्लाका आदा दर्जन कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।