जिल्ला समाचार

जेठ २ गतेबाट सञ्चालन हुने भारतीय पेन्सनलाई मध्य नजर राखेर सरोकारवालासँग छलफल

२६ बैशाख गुल्मी । आगामी जेठ २ गतेबाट गुल्मीमा सञ्चालन हुन लागेको भारतिय पेन्सन क्याम्प सञ्चालनलाई मध्यनजर राखेर अन्र्तक्रिया सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घास स्थित जिल्ला प्रशासनमा बुधवार भएको छलफलले क्याम्पलाई सुव्यवस्थित रुपमा सम्पन्न गर्न सरोकारवालासँग आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माको संयोजनमा जिल्ला स्थित बिभिन्न सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ,यातायात व्यवसायी,होल व्यावसायी, पत्रकारहरु बिच भएको छलफलले क्याम्पलाई सम्पन्न गर्न आबश्यक सहयोग गर्ने भएका छन् । तम्घासमा १४ दिन सम्म चल्ने क्याम्प अबधीर दिउँसोको समयमा मदिरा बेच बिखन तथा सेवन नगर्ने, क्याम्प वरिपरि राखिने पसलहरु सड्क पेटी भन्दा भित्र राखेर बिक्री गर्ने निर्णय गरेका छन् ।
त्यस्तै क्याम्प सञ्चालन हुने स्थल वरिपरि असाय अशक्त बृद्ध व्यक्ति बाहेकलाई सवारी साधन रोक लगाउने, क्याम्प अबधीभर स्वास्थ्य सहितको टोली र एउटा एम्बुलेन्स तयारी अबस्थामा राख्ने निर्णय भएको छ । पेन्सन क्याम्पलाई मध्य नजर राखेर होटल व्यवसायीहरुले स्वच्छ,सफा र सुलभ मुल्यमा खानपानको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
त्यस्तै अबधीभर बजारमा हुने कालो बजारी तथा अखाध्य सामानहरु बिक्री बितरणमा बिशेष निगरानि बढाउने निर्णय भएको छ । वर्षातको समयमा कतिपय स्थानमा बिग्रीएका सड्कहरु तत्काल मर्मत गर्न स्थानिय तह तथा सड्क आयोजनाहरुलाई आग्रह गरिने भएको छ । बाटो बिग्रीएको निहुपारि तोकिएको भाडा रेटदर बाहेक अनाबश्यक चर्को मुल्य लिन नपाइने र त्यस्तो पाइए कारवाही समेत गरिने निर्णय भएको छ ।
क्याम्पलाई सुव्यवस्थित रुपमा सम्पन्न गर्न सबै सरोकारवालाहरुले आफनो ठाउँबाट सहयोग गर्न र तोकिएको समयमा मदिरा बिक्री नगर्न तथा बजारमा कुनैपनि कालो बजारी र अखाध्य सामाग्री बिक्री बितरण, बढि मुल्यमा बिक्री बितरण गरेको पाइए कानुन बमोजिम कावाही हुने प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले बताए ।
सदरमुकाम तम्घासमा छलफलमा प्रमुख जिल्ला अधिकारी शर्मा, प्रहरी उपरिक्षक अनुराग द्धिबेदी,बिरभद्रर्जग गुल्मका गुल्मपती मेजर जनमत कार्की, शसस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रेमप्रकाश सिग्देल, अनुसन्धान अधिकृत प्रभु मल्ल, कोष तथा लेखा नियन्त्रक शसिन्द्र खाती,जिल्ला प्रशासन गुल्मीका प्रशासकिए अधिकृत रामचन्द्र पन्थी, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका रामप्रसाद पन्थी,गुल्मी यातायात व्यवसायी समिति महासचिव हिमाल कुवँर,होटल व्यवसायी मञ्का जंगबहादुर कुवँर,भारतिय पेन्सन क्याम्प जिल्ला शैनिक बोर्ड गुल्मीका प्रमुख, रेसुङ्गा नगरपालिका गोपाल पन्थी, पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
गुल्मीमा जेठ २ गतेबाट १४ गते सम्म सञ्चालन हुने पेन्सन क्याम्पमा गुल्मी जिल्लासँगै छिमेकी जिल्लाबाट करिब ७ हजार भन्दा वढीले पेन्सन क्याम्पबाट पेन्सन बुझने गर्दछन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D