जिल्ला समाचार

जिससका लेखापाल भण्डारीलाई कालोमोसो

शिवलाल सुवेदी
गुल्मी १ असोज, जिल्ला समन्वयन समिती गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई जिल्ला जनपरिषद जनसत्ता गुल्मीले कालोमोसो दलेका छन । आईतवार ४ वजेतिर आफ्नै कार्यालयकै कायकक्षमा पुगेर लेखापाल प्रेमलाल भण्डारीलाई कालोमोसो दलेर दु्व्र्याबहार गरिएको हो ।

आफुलाई बिप्लप माओवादीको कार्यकता बताउने तीन जनाले एक्कासी कालोमोसो दलेको पीडित भण्डारीले बताए । ‘कार्यालय बन्द हुने समयमा हामीहरुलाई सहयोग नगर्ने त हैनस भन्दै समातेर कालोमोसो दले,’ उनले भने,‘ तत्काल भागेकाले चिन्न सकिएन ।’ उनीहरुले पीडित भण्डारीलाई कार्यालय प्रमुखलाई प्रभावमा पारी जिससको श्रोत साधनमाथी अनियमितता गरेको, योजनाको रकम भुक्तानी गर्दा उपभोक्ताहरुसग कमिशन मागेको, कर्मचारीहरुको सञ्चयकोषको रकम जम्मा नगरेर आफुले अपचलन गरेको आरोप लगाएका छन् । साथै उनीहरुले परिवारको नाममा फर्म दर्ता गरेर जिसस अन्र्तगतका ठेक्काहरुवाट कमिशन खाने गरेको, राजनैतिक शक्तिको आवरणमा कार्यालयमा दादागिरी गरेको र भष्टाचार गरि अकुत सम्पति आर्जन गरेको भन्दै कालोमोसो दलेको संगठनका जनसत्ता उपप्रमुख प्रसान्त राम बलाल बताए ।

उनीहरुले भण्डारीलाई कारबाहि किन भन्ने पर्चा समेत छोडेर गएका छन् । प्रहरीले कालोमोसो दलेर दुव्र्याबहार गर्नेहरुको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा थापाले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D