अनिल खत्री
१ माघ, गुल्मी । जिल्ला सहकारी संघ गुल्मीको अध्यक्षमा शेषकान्त गौतम चयन भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न २६ औं साधारणसभाले गौतमको अध्यक्षतामा १५ सदस्यि जिल्ला जिल्ला समिति चयन गरेको जिल्ला शहकारी संघ गुल्मीका व्यवस्थापक युवराज आचार्यले बताए ।
संघको उपाध्यक्ष यमबहादुर थापा सदस्यहरु शेरबहादुर बस्नेत, देबबहादुर बस्नेत, रामलाल पाण्डेय, राधा पन्थी, बिष्णुप्रसाद पन्थी, मुमिश्वर गौतम, शंकर पन्त, ऋषिराम भुसाल, बिनबहादुर गौतम, खडगबिर थापा, गोपीकृष्ण खरेल, यमुना घिमिरे, कोशलेश्वर ज्ञवाली रहेका छन् । सभाले लेखा पदपूर्ति समिति गठन गरेको छ । जसको संयोजकमा नरेशकुमार भण्डारी र सदस्यहरु गेपाल पाण्डे, चन्द्र पराजूलि रहेका छन् ।

साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । जिल्ला शहकारी संघ गुल्मीले बिगत केहि वर्ष यता जिल्लामा रहेका किसानबाट अर्गानीक कफि खरिद गरेर बिदेश निर्यात गर्दै आएको छ ।