जिल्ला समाचार

जिल्ला समन्वय समिती गुल्मीको ३ करोड वढी रकम फ्रिज

अनिल खत्री
गुल्मी साउन ६ । जिल्ला समन्वय समिति गुल्मीको आर्थिक वर्ष २०७३, ०७४ को कुल रु ३ करोड भन्दा वढी रकम फ्रिज भएको छ । समन्वय समितिको शुक्रवार सदरमुकाम तम्घासमा पत्रकार सम्म्ेलन गरि चाल र पूँजिगत तर्फको रु ३ करोड ५५ लाख ७७ हजार ८ सय ४८ रुपयाँ रकम फ्रिज भएको जिल्ला समन्वय समिति गुल्मीका स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

जिल्ला समन्वय समिति गुल्मीको लागी चालु र पूँजिगत गरि रु १ अरब ५७ करोड २८ लाख ६ हजार ५ सय ९१ रकम बिनियोजन भएको थियो । कुल बजेटको १ अरब ४९ करोड ३१ लाख ३५ हजार ५ सय ९३ रुपया रकम खर्च भएको जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ । समितिले कुल बजेटको ९४ दशमलव ९३ प्रतिशत रकम खर्च गरेको छ । कुल बजेटको ८७ लाख ४५ हजार ४ सय ५ रुपयाँ बेरुजु रकम रहेको छ ।
चालु तर्फ १ अरब करोड ३७ करोड ५७ लाख ४ हजार ७ सय ६८ रुपयाँ मध्ये १ अरब १२ करोड १३ लाख १७ हजार ७ सय ७१ रुपयाँ रकम खर्च भएको छ । चालु तर्फ कुल बजेटको ९८ दशमलव ५७ प्रतिशत खर्च भएको छ । चलुतर्फ १ करोड ३४ लाख ७ हजार ७४ रुपयाँ फ्रिज भएको छ भने ४८ लाख ५८ हजार २९ रुपयाँ बेरुजु रकम रहेको छ ।

समन्य समितिको पूँजिगत तर्फ ४३ करोड ५२ लाख ३१ हजार ८ सय २३ रुपयाँ मध्ये ३७ करोड १८ लाख १७ हजार ८ सय २२ रुपयाँ खर्च भएको समन्वय समिति गुल्मीले जनाएको छ । चालुतर्फ कुल बजेटको ८५दशमलव ४३ प्रतिशत खर्च भएको छ । पूँजिगत तर्फ २२ करोड १७ लाख ७ सय ७४ रुपयाँ फ्रिज भएको छ भने ३९ लाख ३९ हजार ५ सय ७६ रुपयाँ बेरुजु रकम रहेको छ ।

जिल्ला समन्वय समितिको चालु तर्फ संस्कृति प्रर्वद्धन कार्यक्रमको रु ८ लाख ९८ हजार ५सय ६० रुपयाँ रकम फ्रिज भएको छ । सामाजिक सुरक्षाको ६० लाख ९५ हजार १ सय रुपयाँ रकम फ्रिज भएको छ । निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत ६४ लाख १३ हजार ४ सय १४ रुपयाँ रकम फ्रिज भएको समन्वय समितिले जनाएको छ । पूँजिगत तर्फ संस्कृति प्रवद्र्धन कार्यक्रम अन्र्तगत २ लाख रकम फ्रिज भएको छ ।
आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सड्क अन्र्तगत ३१ लाख ८८ हजार ८ सय ६७ रुपयाँ रकम फ्रिज भएको छ । स्थानिय यातायत पूर्वाधार क्षेत्रगत कार्यक्रम अन्र्तगत १७ लाख ५६ हजार ३ सय ४४ रुपयाँ रकम फ्रिज भएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममा २८ लाख १५ हजार ७३ रुपयाँ रकम फ्रिज भएको छ ।
स्थानिय स्तरका सड्क, पुल तथा सामुदायिक परियोजना अन्र्तगत ३४ हजार ८ सय ३२ रुपयाँ रकम फ्रिज भएको छ । साना सिंचाई नदि नियन्त्रण र अन्य पूर्वाधार अन्र्तगत १ करोड ३८ लाख ६ हजार ५ सय ३ रुपयाँ रकम फ्रिज भएको छ । समुदायमा आधारित खेलकुद कार्यक्रम ३६ लाख ९ हजार १ सय ५५ रुपयाँ रकम फ्रिज भएको समन्वय समिति गुल्मीले जनाएको छ । जिल्ल सान्वय समति िगुल्मीले १करोड ८६ लाख ५३ हजार ४ सय ८४ रुपयाँ रकम करदाखिला गरेको छ ।

कुल बजेटको ४३ लाख ७९ हजार ८ सय ५१ रुपयाँ रकम कन्टजेन्सी बापत फिर्ता गरेको छ । गतवर्ष जिल्ला बिकास समितिले ९१ प्रतिशत रकम खर्च गरेको थियो । यो वर्ष काम पुरा भएका र काम जति भएको छ त्यसको आधारमा बजेट निकासा दिएकाले धेरै शिर्षकहरुमा रकम फ्रिज भएको स्थानिय बिकास अधिकारी श्रेष्ठले जानकारी दिइन् ।

हामी कामको आधारमा स्थानिय स्तरमा पुगेर अनुगमन गरेर त्यसको रकम दियौ स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठले भनिन ‘काम नभएकोलाई जति काम भएको छ त्यति मात्र रकम भुक्तानी दिएकाले पनि केहि रकम फ्रिज हुन गएको अधिकारी श्रेष्ठको भनाइ रहेको छ ।’ जिल्लामा काम नगरि बजेट लैजाने प्रबृति कमहुँदै गएको श्रेष्ठको भनाइ छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D