जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानल नै विजयी

हुमाकान्त पोखरेल
गुल्मी, ०१ असार । जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनमा कुल २४ मत खसेको थियो । जसमा गठबन्धनका तर्फबाट प्रमुख काँग्रेसका दोर्ण खत्री, उप–प्रमुख माओवादी केन्द्रका तेजेन्द्र सलामीसहित आठजना सदस्यलाई समान १५÷१५ मत प्राप्त भएको छ ।

नेकपा एमालेबाट समन्वय प्रमुखमा उम्मेदवारी दिएका युवराज न्यौपाने, उप–प्रमुखमा उम्मेदारी दिएका रमादेवी पुनसहित आठ सदस्यलाई समान नौ÷नौ मत प्राप्त भएको छ । गठबन्धनको तर्फबाट सदस्यमा उम्मेदवारी दिएका महेश्वर भण्डारीको १४ र एमालेको तर्फबाट सदस्यका उम्मेदवार कृष्ण भण्डारीको १० मत आएको छ ।

त्यस्तै शेर बहादुर विक, सुनिता जिसी कँुवर, शेर बहादुर कुँवर, सावित्रा भण्डारी, विर बहादुर कार्की र निरमाया राना सदस्यमा विजयी भएको सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ