जिल्ला समाचार

जिल्ला बाल सञ्जाल गुल्मीले छड्के अनुगमनलाई तिव्रता

गुल्मी, माघ २८ । जिल्ला बालसञ्जाल गुल्मीले पछिल्लो समय गुल्मीका विभिन्न स्थानहरुमा छड्के अनुगमनलाई तिव्रता दिईरहेको छ । पछिल्लो समय गुल्मीमा बालहिंसा तथा बालश्रमिकहरु बढेको पाइएको सन्र्दभमा सञ्जालले आज सदरमुकाम तम्घासमा गरेको अनुगमनका क्रममा ७ जना बाल श्रमिकहरु फेला परेका छन् ।

जसमध्ये निर्माणस्थलमा ५ तथा होटल रेष्टुरेन्टमा २ जना बालश्रमिहरु फेला पारिएको बालसञ्जालका जिल्ला अध्यक्ष सुमन पन्थीले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा सञ्जालले छड्के अनुगमनलाई तिव्रता दिएको पनि पनि पन्थीको भनाई छ । आज फेला परेका बालश्रमिहरुलाई सम्बन्धित पक्षलाई जानकारी गराएको पनि उहाँले बताउनुभएको छ । सदरमुकाम तम्घासका विभिन्न होटल,रेष्टुरेन्ट तथा निर्माणस्थलहरुमा पनि बालश्रमिहरुको प्रयोग बढेको पाइन्छ ।

जिल्ला भित्रका बालश्रमिहरु न्युन पाईए पनि अन्य जिल्लाबाट भित्र्निे बालश्रमिहरुको संख्या भने नघटेको पाइएको छ । जिल्लाभित्रका बालश्रमिहरुको अवस्था करिब करिब न्युन जस्तै पाइपनि छिमकी जिल्ला प्युठान,बाग्लुङ्ग तथा कैलालीबाट भित्र्एिका बालश्रमिहरुको संख्या भने घट्न नसकेको बालसञ्जालका अध्यक्ष पन्थीको भनाई रहेको छ ।

बालश्रमिकका रुपमा भेटिएकाहरु मध्ये धेरैले आफ्नो अध्ययन् गर्ने चाहना व्यक्त गरेका छन् । जसमा धेरैले अभिभावक गुमाएको,घरको पारिवारिक अवस्था नाजुक भएको बिशेष गरी गरिबिकै कारण बालश्रमिकका रुपमा प्रयोग हुन बाँध्य भईरहेका पाईएको छ ।

यसतर्फपनि सम्बन्धित पक्षले गहिरो छलफल गरी समाधानका उपाय खोज्नु आवश्यक देखिन्छ । सरकारले निःशुल्क शिक्षा तथा भर्ना अभियान चलाए पनि सही प्रतिफल नदेखिनुमा गरिबि र पारिवारिक विचलनलाई पनि यसको प्रमुख कारणका रुपमा लिन सकिन्छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D