टोपलाल अर्याल
गुल्मी, २४ पुष । जिल्ला अस्पताल गुल्मीका दुईजना नर्सले यो आर्थिक बर्षमा एक पटक पनि तलब बुझेका छैनन् । सामाजिक विकास मन्त्रालयबाट बजेट नआएकोले अझैसम्म पनि तलब नआएको बताईएको छ ।
प्रति महिना २३ हजार पाँच सयका दरले दुई नर्सको दुई लाख ३५ हजार रकम सामाजिक विकास मन्त्रालयले अझै नपठाएको पाच्याले बताए । त्यस्तै अस्पतालमा पोस्टमार्टम गर्ने ठाउँको समेत अभाव छ ।
‘अस्पताल आफै जिर्ण अवस्थामा छ, पोस्टमार्टम गर्ने ठाउँको निकै अभाव छ,’ अस्पतालका डाक्टर रामचन्द्र पन्थीले भने, ‘अस्पताल सबैको हो, जनसमुदाय गम्भिर हुनु जरुरी छ ।’
२४ सै घण्टा बिजुली अथवा जेनेरेटर समेत नहुँदा भरपर्दो सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।
त्यस्तै अप्रेसन गर्ने कोठामा बर्षामा पानी चुँहिदा समस्या परेको छ ।