जिल्लामा रक्सी नियन्त्रणको अभियान थाल्दै गुल्मी कांग्रेसको महिला टोली

प्रेम सुनार
गुल्मी, जेठ १ । नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ को वैशाख १ गतेबाट सुरु गरेको “गाउँ जाउँ, गाउँमै रमाऔं” ५० दिने महाअभियानको पहिलो चरणको तिन हप्ते कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै महाअभियानको दोश्रो चरणको पाँचौ हप्ता देखि कांग्रेसले महिला संघका कार्यकर्ताहरु मार्फत सामाजिक विकृति विसंगति विरुद्ध अभियान छेड्ने भएको छ । मंगलवार विहान पार्टी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै गुल्मी कांग्रेसले पार्टी सचिव विष्णुकुमारी सापकोटाको नेतृत्वमा यस्तो अभियान छेड्न लागेको हो ।

अभियानका विभिन्न कार्यक्रमहरु सार्वजानिक गर्दै नेतृ सापकोटाले भनिन ‘महिला हिंसाको मुख्य कारक व्याप्त मदिरा सेवन पाईयो, जसलाई हामी नियन्त्रण गर्न जिल्लाभर अभियान छेड्दै छौं । ’

उनले गाउँपलिका स्तरमा जनचेतनामुलक ¥याली निकाल्ने लगायतका विभिन्न कार्यक्रम रहेको बताईन् । उनले सञ्चार माध्यमले व्यापारिक विज्ञापन विज्ञापन दिदा दाईजो प्रथालाई प्रशय दिदै आएकोले त्यसलाई रोक्न आग्रह गरिन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ