प्रेम सुनार
गुल्मी, जेठ १ । नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ को वैशाख १ गतेबाट सुरु गरेको “गाउँ जाउँ, गाउँमै रमाऔं” ५० दिने महाअभियानको पहिलो चरणको तिन हप्ते कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै महाअभियानको दोश्रो चरणको पाँचौ हप्ता देखि कांग्रेसले महिला संघका कार्यकर्ताहरु मार्फत सामाजिक विकृति विसंगति विरुद्ध अभियान छेड्ने भएको छ । मंगलवार विहान पार्टी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै गुल्मी कांग्रेसले पार्टी सचिव विष्णुकुमारी सापकोटाको नेतृत्वमा यस्तो अभियान छेड्न लागेको हो ।
अभियानका विभिन्न कार्यक्रमहरु सार्वजानिक गर्दै नेतृ सापकोटाले भनिन ‘महिला हिंसाको मुख्य कारक व्याप्त मदिरा सेवन पाईयो, जसलाई हामी नियन्त्रण गर्न जिल्लाभर अभियान छेड्दै छौं । ’
उनले गाउँपलिका स्तरमा जनचेतनामुलक ¥याली निकाल्ने लगायतका विभिन्न कार्यक्रम रहेको बताईन् । उनले सञ्चार माध्यमले व्यापारिक विज्ञापन विज्ञापन दिदा दाईजो प्रथालाई प्रशय दिदै आएकोले त्यसलाई रोक्न आग्रह गरिन् ।