gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

जिप दुर्घटना अपडेट मृतक चारै जनाको सनाखत (नामावली सहित)

यो पनि पढ्नुस्: जिप दुर्घटनामा मृत्‍यु हुनेको संख्या ५ पुग्यो, अन्य ४ जनाको अवस्था गम्भिर (अप्डेट नामावली सहित)

गुल्मी, १ बैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सवार जीप दुर्घटनामा ज्यान गुमाउनेहरु चारै जनाको सनाखत भएको छ ।

बुधवार दिउँसो भएको दुर्घटनामा परी प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा निवासी वर्ष ३८ का श्याम न्यौपाने, कम्प्यूटर अपरेटर सुर्य प्रसाद पन्थी, खरिदार इश्वरी भण्डारी, मुसिकोट नगरपालिका वडा नं। ३ बस्ने वर्ष २२ को सवारी चालक केशव कार्कीको ज्यान गएको हो ।

गाडीमा एक जना अझै अड्कीएको अवस्थामा रहेको घटना स्थलबाट प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाईते हुनेहरुमा रेसुङ्गा नगरपालिका वडा नं. ४ बस्ने वर्ष २३ की सुनिता कडेल, वर्ष २९ की बसन्ती पौडेल, रेसुङ्गा नगरपालिका वडा नं. १ बस्ने वर्ष ३० की गिता मुखिया, वर्ष १२ को अनिश बोहोरा, रेसुङ्गा नगरपालिका वडा नं. २ बस्ने वर्ष २४ की तारा भण्डारी, वर्ष ६ का आशिष भण्डारी, वर्ष ३३ का दिलबहादुर थापा, वर्ष २७ की कमला ज्ञवाली, वर्ष १२ का सार्थक ज्ञवाली, वर्ष ४ की निकिता पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३० का सन्दिप परियार रहेका छन् ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भईरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ४ जनाको अवस्था गम्भिर रहेको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D