gulminews logo
बिहीबार, २०७९ भाद्र २

जापानबाट पिडितलाई एक लाख सहयोग

प्रेम सुनार

गुल्मी, साउन–३ । पौदी सेभ असहाय सोसाईटी गुल्मीले छिमिकी जिल्ला अर्घाखाँचीका बाबु आमा विहिन तिन वालवालिकालाई १ लाख नगद सहयोग गरेको छ । बाबुको मृत्यु , आमाले दुई वर्षकी दुधे वालिकालाई समेत छाडेर विचल्लीमा पारेकी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखराका तिन वालवालिकालाई सहयोग हस्तान्तरण गरिएको हो । गरिएको हो । यहाँस्थित रेडियो र टेलिभिजन कार्यक्रम ओझेलका खवरमा उनिहरुको विचल्लीको कथा प्रशारण भएको थियो ।

उक्त कार्यक्रम प्रशारण भएपछि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ पौंदी अमराई घर भई जापानमा कार्यरत कृष्ण केसी लगायत सोसाईटीका सदस्यहरुले विभिन्न मुलुकमा सहयोग संकलन अभियान जारी गरेका थिए ।

त्यस गाउँमा गतिलाबाका नामले परिचित ७० वर्षिय बृद्ध यमनारायण पोखरेलको सम्पत्तिका नाममा वास मात्रै रहेको छ । त्यही वास पनि छिमेकीले चन्दा उठाएर , जनश्रमदान गरेर बनाई दिएका थिए ।

युट्युवमा उनिहरुको विचल्लीको कथा हेरे, सुनेपछि पछि आफुहरुलाई करुणा जागेर सहयोग संकलन गरी हस्तान्तरण गर्न आएको सोसाईटीका उपाध्यक्ष रामप्रसाद भुसालले बताए ।

देशभरका बाढि पिडित, भुकम्प पिडित लगायत विपदमा परेका कैयौ मानिसलाई आर्थिक सहयोग जुटाउँदै आएका सोसाईटीका केन्द्रिय अध्यक्ष सन्तोष गिरी र जापान शाखा अध्यक्ष कृष्ण केसीलेले ति वालवालिकाको पठन पाठनमा सहयोग पुगोस भनेर आफुहरुले अभियान छेडेको बताउँदै सहयोगदाता सवैलाई धन्यवाद थिए ।

उक्त सहयोगी गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालकद्धारा हस्तान्तरण गरिएको थियो । पौड्यालले सहयोगदाता र सामाजिक उत्तरदायित्व बोकेको भन्दै मिडियालाई पनि धन्यवाद दिएका थिए ।

हाल सम्म ति वालवालिकालाई साढे १० लाख बरावरको सहयोग जुटेको मालारानी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष वालकृष्ण पोखरेलले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , पौदीअमराईका समाज सेवी एवं नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापति सुरेशचन्द्र भुसाल लगायतको सहभागिता थियो ।

यो पनि पढ्नुस्

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै

गुल्मी, भदौ ०२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D