जिल्ला समाचार

जातीय विभेद्का घटनाप्रति दलित संघ गुल्मीले ध्यानाकर्षण

मनु सुनार
गुल्मी, जेठ ३२। नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ गुल्मीले देशका विभिन्न स्थानमा भएका जातीय विभेदको घटनाप्रति ध्यानाकर्षण जनाएको छ । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुम बहादुर सुनारले विभिन्न स्थानमा भएका जातीय विभेद्का घटनाप्रति दोषीलाई कडा कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्रमा रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धलाई भएको नरसंहारको घोर भत्र्सना गरिएको छ ।

जाजरकोट भेरीनगरपालिका–४ रानागाउँका नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीकी सुष्मा मल्ल विच लामो समय देखि रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा प्रेमीका सुष्मा मल्लको आमा र उनका नजिकका नातेदार वडाअध्यक्ष डम्बर बहादुर मल्ल लगायतले गरेको सांघातिक हमलाबाट नवराज विक सहित ६ जनाको नरसंहारको घोर भत्र्सना गरिएको हो ।

२१ औं शताब्दीको उन्नत समाजमा पनि दलित समुदायहरु माथी राज्यका विभिन्न स्थानमा दर्जनौं जातीय छुवाछुतका घटना भईरहेका नेपाल दलित संघका जिल्ला अध्यक्ष सुनारले बताए । पोखराको क्रियापुत्री गृहमा भएको छुवाछुतको घटना, बुटवलमा भएको घरभाडा सम्बन्धी छुवाछुतयुक्त घटना, गुल्मीमा घरभित्र प्रवेशको घटना रुकुमको नरसंहारकारी जातीय विभेदको घटना लगायत दलित समुदाय माथी भएका प्रतिनिधि घटनाका दोषीलाई कडा कारवाहीको माग गरिएको छ ।

नेपालको संविधान र विद्यमान कानून बमोजिम घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही गरि पीडितलाई न्याय, क्षतिपूर्ती र सामाजीक सुरक्षाको व्यवस्था गर्न जोड्दार माग गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ज्ञापनपत्र बुझ्दै रुकुममा भएको घटनाले आफु अत्यन्तै दुखि भएको बताए । उनले त्यस घटनामा संलग्नहरुले कारवाही भोग्नु पर्ने उल्लेख गरे ।

नेपाली कांग्रेसका जिल्ला सदस्य तथा दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, दलित संघका जिल्ला उपाध्यक्ष शेर बहादुर विश्वकर्मा, सचिव नविन विश्वकर्मा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि इश्वरी परियार लगायत दलित नेताको सहभागीता रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D