जिल्ला समाचार

जहाँ तिन दिन सम्म काम गर्नै नहुने, यो कस्तो प्रचलन ?

प्रेम सुनार

गुल्मी, साउन–१ । गुल्मीको एक मगर समुदायमा एउटा रोचक प्रचन छ । जुन समुदायले असारको तिन दिन सम्म खेतीवाली र दाउँरा घाँस गर्नै पाउँदैनन । ‘असारे बार’ उनिहरुको ठुलो मेला पर्व हो । जुन असारे बारलाई कडा बारको रुपमा लिईन्छ ।

असार महिनाको विजोडा मिति , विजोडा बार र तिथी पारेर मनाईने यस पर्वको आफ्नै एउटा रोचक कथा छ ।

असारे वार पर्व मनाउँदै झुम्दै विरवासका युवायुवतीहरु

गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४ , विरवासको जिज्यु वाजै मन्दिरको पौराणिक कथा हो यो । हिजो असारको अन्तिम दिनमा सकिएको असारे वार पर्व त्यहाँका वासीन्दाले धुमधाम संग मनाए ।

कथा यस्तो छ

विरवास वजारमा रहेको जिज्यु वाजै मन्दिर पुजा ब्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन ईन्द्रबहादुर रजाईलीका अनुसार विक्रम संवत १७६५ सालको असार महिनामा मगर समुदाय, सुर्यवंशी थरका दुई दिदी विहिनी घरबाट हराए । दुई तिन सम्म फेला नपरे पछि धामी झाँक्रि गराईयो । धामी क्राँक्रि बक्ने क्रममा ति दुई दिदी वहिनीहरु बोले ।

उनिहरुले भने–‘ हामी रुन्खा वनको चिउरीको वुटा पनि अलाप–विलाव भयौं । अहिले हामी शिला पल्टेर बसेका छौं । हामीलाई मानेर बस्नु , खोज्न परेन । ’ खोज्दै जाँदा उनिहरु शिला अर्थात ढुङ्गको मुर्तिका रुपमा फेला परे ।

एका दुई पुस्ता पछिका सन्तानले पुरानो पिढीलाई जिज्यु वाजै भन्ने मगर समुदायकौ प्रचलन अनुसार उनिहरुको शिलालाई जिज्यु वजैका रुपमा पुज्न थालियो । उनिहरुको मन्दिर स्थापना गरियो ।

त्यति वेला मगर समुदायको प्रचलनमा रहेको सुंगुर र कुखरा चढाउन थालियो । अहिले पनि त्यही सुंगुर पुजा गरिन्छ । सयौं कुखराको भाले पुजा गरिन्छ । परम्परागत सालैजो र नौमति वाजा बजाएर नाचिन्छ ।

यसपाली पनि भव्य रुपमा मनाईयो । प्रचलन अनुसार त्यस पर्व मनाउने अघिल्लो दिन देखि हिजो साँझ तिन दिन सम्म त्यस समुदायका मानिसहरुले घरको मेलापात , दाउँरा घाँस केहि काम गरेनन ।

त्यसको तिन दिन अघि नै घरको सवै काम पुरा गरेर बस्छन । अध्यक्ष रजाईलीका अनुसार असारे वार पर्वको तिन दिन सम्म केहि काम गरेमा खती हुने जनविश्वास रहेको छ ।

जिज्यु वाजै मन्दिरमा भक्कल गरे पछि मनोकामना पुरा हुने जनविश्वास अनुसार पहिला छिमेकी जिल्ला सम्मका मानिसहरुको अपार भिड हुने गर्दथ्यो । अहिले भने आ–आफ्नो गाउँमा त्यस मन्दिरको शाखा लगेर पुज्ने गर्दा कम भएको छ ।

उति वेला परेवा र वलि दिएको सुंगुरका टाउँका झण्डै एक ट्याक्टर हुन्थे, रजाईली भन्छन यसपाली ९ वटा मात्रै सुंगुरको वलि दिईयो ।

उनले थपे–‘ जिज्यु वाजै मन्दिरको परापुर्व काल देखि अपार महिमा रहेकोले पञ्चायत कालमा यस स्थानको नामकरण जिज्यु स्थान गाउँ पञ्चायत थियो । पछि मात्रै विरवास गाउँविकास समिति भएको थियो ।’

यसपाली मनाईएको असारे वार पर्वमा युवायुवतीहरु वाजा ताल र वुढापाकाहरुको सालैजोमा झुमेका थिए । त्यस विरवासमा अपार भिड थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D