जिल्ला समाचार

जब रेसुङ्गा नगरका प्रमुख भुसालले डोजर चलाऊँदै माटो खने….

अनिल खत्री
गुल्मी, २४ भदौ । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डोजर चालक बनेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशन को शिलान्यास गर्न डोजर चलाएपछि उनि चालक बनेका हुन् ।

शिलान्यास गर्ने क्रममा डोजरको पुजा गरेर मेयर भुसाल आफैले केहि बेर डोजर चलाएर माटो समेत खनेका थिए । शिलान्यस कार्यक्रममा गएका अतिथीहरु समेत मेयरले डोजर चलाउँदा दङ्ग परेर हाँसो समेत गरेका थिए । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न सव स्टेशन निर्माण कार्य सुरु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशन को निर्माण कार्य सुरु भएको हो ।

सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेका थिए । पहाडी क्षेत्रमा बितरण गरिएको बिद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले सव स्टेशन निर्माण कार्य थालिएको छ । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।

सव स्टेशनको शिलान्यास गर्दै नगरप्रमुख भुसालले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे । उनले निर्माण व्यवसायी काम जिम्मा लिने तर समयमै सम्पन्न नगर्ने प्रबृतिका कारणले धैरै बिकास निर्माणका कामहरु अलपत्र पर्ने गरेको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D