gulminews logo
बिहीबार, २०७९ भाद्र २

जनप्रतिनिधीसंग ‘बाँदर नियन्त्रण’ को माग धुर्कोटले सम्वोधन गर्ने

सितल थापा
धुर्कोट, साउन–१२ । अव मकै खेति धन्काउने बेला आई रहेका बेला गुल्मीको धुर्कोट गाउँपालिका भित्र बाँदर आतंकले कृषकहरु हैरान भएका छन् । यसपालिकाको जैसीथोक, नयाँगाउँ, पिपलधारा हाडहाडे, धुर्कोटरजस्थल, वस्तु र वाग्लाका कृषकहरु बाँदरले मकै खेती खाई दिए पछि हैरान भएका हुन् ।

प्राय प्रत्येक घरका एक जना दिनमा मकैवारी निगरानीमा छन र रातमा समेत जागाराम बसेर बाँदर लखेट्न खटिए पनि नियन्त्रण गर्न सकेका छैनन् । दुध पसेका मकैको घुँवा खाएर उन्मत्त बनेको बाँदर विशेषतः महिला हेरालो संग आक्रमक बने पछि वाँदर लखेट्नु भन्दा पनि महिलाहरु भाग्नु परेको छ । दुई वर्ष अघि अर्खलेका महिलाहरु बाँदर आतंक विरुद्ध जिल्ला प्रशासनमा डेलिगेशन आए जस्तै अहिले धुर्कोटका महिलाहरु पनि जनप्रतिनिधी गुहार्ने अवस्थामा पुगेका छन् ।

चुनावताका समेत भोट माग्न आउने उमेदवारहरुलाई बरु अरु केहि चाँहिदैन बाँदर नियन्त्रणका कर्मचारी खटाई दिए धन्य हुन्थ्यो भन्ने किशानहरु अहिले पनि त्यही माग गरेका छन् । यस सम्वन्धकम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल संग सम्पर्क राख्दा वजेट विनियोजन गर्ने वेलामा परिषदमा आफुले यो विषय गम्भीरता पुर्वक राखेर कृषकको माग सम्वोधन गर्ने बताए ।

उनले भने–‘ वाह्रै महिना त सम्भव हुन्न होला , कम्तीमा पनि खेतीवाली स्यार्ने सिजनमा एक वडा एक हेरालो राख्ने तर्फ परिषदले सम्वोधन गर्ने छ भन्ने म विश्वास दिलाउन चाहन्छु । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेलाई पनि वडावासी कृषकहरुले त्यही माग राखेकोले नगरपरिषदमा यहि कुरा राख्ने बताएका छन् ।

यो पनि पढ्नुस्

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै

गुल्मी, भदौ ०२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D