जिल्ला समाचार

जनताका लागि तरुण दल जस्तोसुकै बलिदान दिन तयार छ: तरुण दल अध्यक्ष बस्नेत

कौरव खत्री
गुल्मी, ४ आश्विन । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेतले लोकतन्त्र र जनताका हक अधिकारका निम्ति नेपाली कांग्रेस र नेपाल तरुण दल जस्तो सुकै बलिदान दिन तयार रहेको बताए । शुक्रवार संविधान दिवसका अवसरमा नेपाल तरुण दल क्षेत्र नं. २ गुल्मीद्धारा आयोजित मालिका गाँउपालिका ६ अर्जेको बृहत जागरण साँस्कृतिक कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताएका हुन ।

बृहत जागरण साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष बस्नेतले नेपाल तरुण दलमा एकता भएकोले संगठनमा एकता अनुशानभित्र हुनुपर्ने भन्दै अनुशान विपरित गएर काम गरे संगठनबाट निकालिन्छन भन्दै अव देशका लागि एकजुट भएर कम्युनिष्टसँग अन्तिम लडाई गर्नुपर्ने बताए ।

अध्यक्ष बस्नेतले भने, “हाम्रा आर्दश र विचारहरु सडकमा राख्न नदिने र काँगे्रसले पहिल्याएका बाटाहरु मेटाउन खोजिएको छ ।” लोकतन्त्रका नाममा आज तानाशानी व्यवस्था ल्याउन खोजिएको आरोप लगाउँदै बसनेतले अहिले देशमा भष्ट्रचार र मूल्यवृद्धि आकासिँदै गएको बताए ।

सोही जागरण साँस्कृतिक कार्यक्रमका अवसरमा नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, पूर्व पार्टी सभापति चन्द्र बहादुर केसी, जागरण अभियानका केन्द्रीय प्रतिनिधि कर्नेल धन बहादुर राना, केन्द्रीय प्रतिनिधि राम बहादुर कार्की, केन्द्रीय प्रतिनिधि युवराज गिरी, जिल्ला पार्टी उपसभापति बिष्णु बलाल, जिल्ला पार्टी सचिव खिलध्वज पन्थी र पार्टी सचिव बिष्णुकुमारी सापकोटाले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै क्षेत्रीय सभापति भगतसिँह खड्का, महासमिति सदस्य महेन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि दामोदर भूषाल,नेपाल तरुण दल गुल्मी अध्यक्ष भरत भलामी,नेपाल दलित संघ गल्मी अध्यक्ष लुम बहादुर श्रीपाली,नेपाल महिला संघ गुल्मी अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल विद्यार्थी संघका कार्यबहाक अध्यक्ष तोमलाल पन्थी, नेपाल तरुण दल क्षेत्रीय उपसभापति अर्जुन भण्डारी, रेसुङ्गा नगरपालिकाका नगर सभापति कृष्ण प्रसाद पाण्डे लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा राष्ट्रिय लोकदोहोरी सर्जक तथा गायक विमलराज क्षेत्री, लोकदोहोरी गायिका राधिका हमाल, हरि खत्री, गणेश अधिकारी, सुनिल थापा, हाँस्यकलाकार गोविन्द्र बस्नेत लगायत स्थानीय कलाकारको वेजोड साँस्कृतिक प्रस्तुतीले सबैलाई नचाएका थिए ।

कार्यक्रममा आर्थिक सहयोगी तथा कलाकारहरुलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा केन्द्रिय स्तरदेखि स्थानीय स्तरसम्मका सयौ नेता कार्यकताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल तरुण दल गुल्मी क्षेत्र नं. २ गुल्मीका अध्यक्ष झविन्द्र अर्यालको अध्यक्षता तथा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेतको प्रमुख आतिथ्यता रहेको बृहत साँस्कृतिक .क्षेत्रीय संयोजक सन्तोष थापाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने नेपाल तरुण दल गुल्मी क्षेत्र नं. २ गुल्मीका नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधि लालमणि भण्डारी र क्षेत्रीय संयोजक सन्तोष थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D