जिल्ला समाचार

जनताका काम शिरमा राख्नुस्, पार्टी बिर्सनुस् : मन्त्री बिष्ट

टोपलाल अर्याल
गुल्मी, ४ बैशाख। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले पाँच बर्षपछि पनि जनताको मनमा रहनेगरी काम गर्न गुल्मेली जनप्रतिनिधीहरुलाई निर्देशन दिएका छन् । जनताका आशा र समस्या काँधमा बोकेका जनप्रतिनिधीहरुको कामले गति नलिएको प्रति गुनासो गर्दै बिष्टले पार्टीलाई भन्दा जनताका कामलाई प्रथामिकता दिन आग्रह गरे । ‘स्थानीय तहको भाग्य र भविष्य कर्मचारी र जनप्रतिनिधिको काँधमा छ,’उनले भने,‘ दुवै पक्षको समन्वय र सामुहिक प्रयत्नमा काम अगाडी बढाउनुस् ।’ रेसुंगा नगरपालिकाको दोस्रो नगर सभालाई संबोधन गर्दै बिष्टले राजनैतीक तथा सामाजिक काम ज्यादै जोखिमपूर्ण भएकाले त्यो जोखिमता भित्र नै भोलिका पुस्ताको समृद्धि र व्यक्तिको परिचय खोज्नुपर्नेमा जोड दिए । नागरिकका आधारभुत आवश्यकता स्थानीय सरकारले पुरा गरेमात्रै प्रदेश र केन्द्र सरकारले ठुला योजना र कार्यक्रम संचालन गर्न सकिने उनले बताए ।

स्थानीय सरकारले चाहे धेरै गर्न सक्छ

नेकपा एमालेका सचिव समेत रहेका बिष्टले स्थानीय तहलाइ अधिकार सप्पन्न बनाउने दुनियाँका सिमित संविधान मध्ये नेपाली संविधान पर्ने बताए । ‘योजना छनोटदेखि कानुन निर्माण गर्ने अधिकार स्थानीय सरकारलाई छ,’उनले भने,‘ स्थानीय सरकारले चाहे धेरै गर्न सकिन्छ ।’ प्रत्येक घरमा छुट्टाछुट्टै पिउने पानीको ब्यावस्था गर्न, उर्वर तथा खेतीयोग्य जमिनमा साना सिचाईको आयोजना निर्माण गर्न तथा कक्षा १२ सम्मको बिद्यालयको अनुमति दिन स्थानीय तह नै काफी भएकाले त्यसको व्यावस्थापनमा लाग्न मन्त्री बिष्टले सवैलाई आग्रह गरे । साथै उनले टुकी बालेर रात कटाउने नागरिकको घरमा उज्यालो पु¥याउन तथा बिरामी परे जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउन नयाँ ढंगले छलफल भैरहेकाले जग्गा उपलब्ध भए ५० शैयाको अस्पताल निर्माण गर्ने बताए । उनले त्यसका लागि केन्द्रिय अनुदानसंगै अतिरिक्त बजेट खोजेर भएपनी गुल्मेली जनताको भाग्य भविष्यका निकै चिन्तित रहेको बताए । अर्को प्रसंगमा बिष्टले जवसम्म स्वदेश तथा बिदेशमा रहेका श्रमिकहरुमा आत्मसम्मान र सुरक्षाको प्रत्याभुति हुदैन तवसम्म नेपाली श्रम बजार लाजमर्दो हुने बताए । उनले पाँच लाख बिदेशीले नेपालमा काम गर्दा नेपाली बिदेश भौतारिनुपर्ने बिडम्बना रहेकाले बिगतको अवस्था भन्दा उल्लेख्य रुपमा नीति, कानुन र कार्यक्रम ल्याउने उनले बताए ।

प्रमाणपत्र प्राप्त गरेपछि बिर्सने शिक्षा बदल्नु पर्छ ।

रेसुंगा बहुमुखी क्याम्पसले आयोजना गरेका सम्मान कार्यक्रममा बोल्दै सांसद तथा श्रम रोजगार एवं सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले प्रमाणपत्र प्राप्त गरेपछि उपयोगहिन शिक्षा आवश्यक नरहेको बताए । ‘केहि विश्वविद्यालयको पराम्परागत शिक्षाका कारण प्रमाणपत्र उपयोगबिहिन भएर युवा मुर्छित छन्,’उनले भने,‘ एउटा मात्र बिश्व बिद्यालयलाई सर्बोस्व ठान्दा समस्या भैरहेको छ । रेसुंगा बहुमुखि क्याम्पसलाई मध्येपश्चिमाञ्चल विश्व बिद्यालयसंग आंगिक बनाउन श्रम रोजगार एवं सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पहल गरिरहेका छन् । उनले बिपन्न विद्यार्र्थीले पढने क्याम्पसको दायित्व ब राज्यले लिनुपर्ने बेला आएकाले अबको शिक्षा ब्याबहारिक हुनुपर्नेमा जोड दिए । मध्येपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति डाक्टर उपेन्द्र कोइरालाले अझै पनि नेपाली मानसिकता र विश्वबिद्यालयहरु हिजोकै कोरा शिक्षामा केन्द्रित भएकाले अभिभावकको टाउकोमा क्रृणको भारी भएको बताए । उनले बैज्ञानिक र प्राविधिक शिक्षाले नै नेपालमा रोजगारी सृजना गर्ने भएकाले रेसुंगा बहुमुखि क्याम्पसलाई पनि आफुहरुसंग जोडन खोजिएको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D