जिल्ला समाचार

छोटो समयमै हाईहाई बनेका गुल्मीका सिडियो सापलाई बिदाई, पहिलो पटक २ दर्जन संस्थाले गरे सामुहिक बिदाई

अनिल खत्री
६ कात्तिक, गुल्मी । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २ दर्जन संघ संस्थाले सामुहिक बिदाई गरेका छन् । गुल्मी जिल्लामा रहदा कुशलता पूर्वक जिम्मेवारी निभाएर जनमैत्री काम गरेको भन्दै पौडेललाई बुधवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा सामुहिक बिदाई गरेका थिए । जिल्लामै पहिलोपटक यतिधेरै संघ संस्था मिलेर गरेको बिदाई संम्भवत यो पहिलो हो । गैरसरकारी संस्था महासंघ गुल्मी र नागरिक समाज सहितका संस्थाहरुको नेतृत्वमा जिल्ला स्थित क्रियाशिल २३ वटा संस्थाले सामुहिक बिदाई गरेका हुन् ।

गुल्मी जिल्लामा ०७५ साल असार १८ गते प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीमा आएका पौडेलले जिल्लामा रहँदा गरेका नागरिक मैत्रीकामहरुको उच्च मुल्याङकन गर्दै उच्च सम्मान सहित बिदाई गरेका हुन् । क्रियाशिल संस्थाहरुले गरेको बिदाई कार्यक्रममा नागरिक समाजले अभूतपूर्व सम्मान पत्रले सम्मान गरेर बिदाई गरेको थियो । बिदाई कार्यक्रममा क्रियाशिल संस्थाका अध्यक्षहरु रेसुङ्गा संरक्षण समिति अध्यक्ष शुरेसचन्द्र भुसाल, नेपाल बार एशोसियशनका अध्यक्ष गोपाल खनाल, नेत्रज्योती संघका सभापती शेरबहादुर थापा, शुसान अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डे, नागरिक निगरानी संस्थाका सचिव रामचन्द्र पन्थी, गैर सरकारी संथा महासंघ गुल्मीका अध्यक्ष बिष्णुप्रसाद भण्डारी, नागरिक समाजका पदमप्रसाद पाण्डेय लगायतकाले पौडेलको कार्यको स्मरण गराएका थिए । उनिहरुले प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला वसाई १६ महिनामा गरेका कार्यको प्रशंसा गरेका थिए ।

नागरिक स्तरमा जनमैत्री कार्य गरेकाले यहाँको कामको उच्च सम्मानका निम्ति यतिधेरै संस्था मिलेर बिदाई गरेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिक स्तरमा लोकप्रिय कार्य जिल्लावासीको निम्ति पुर्याको योगदानको उच्च मुल्याङकन गर्दै उनको आगामी यात्राको शुभकामना समेत दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला बसाईमा राम्रो सहयोग सत्कार पाएको बताए । उनले जिल्ला बसाईमा केहि कामको थालनी गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा सहभागिहरुले सरकारी कर्मचारी तलव भत्ता मात्रै पचाउन र समय कटाउन मात्रै केन्द्रित हुन्छन् भन्ने मान्यतालाई चिर्ने काम गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडीयो) यदुनाथ पौडेले सुरुवात गरेको स्तमरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले छोटो जिल्ला बसाईमा १ दर्जन वढि नागरिक मैत्री कार्य गरेका थिए । जसमध्ये नागरिक सहायता कक्षा स्थापना, गाडी भाडा घटाउने काम, कार्यालयमा डिजीटल वडापत्र, कार्यालयमा नि:शुल्क इन्टरनेट, नि:शुल्क अभिलेख पाउने पठाउने व्यवस्था जस्ता लोकप्रिय कार्य हुन् । त्यस्तै कार्यालयमै सिसीटिभी, राहदानी फारममा एउटै मुल्य कायम, कार्यालयमै हुलाक टिकट, बिचल्ली वालवालिकाको उद्धार, सडक बालवालिकाको उद्धार, तम्घास बजारमा सिसीटिभी, मदिरा जन्य बस्तुमा कडाई तथा नियन्त्रण प्रयास, शुसान कायम गर्न मुख्य जोड जस्ता लोकप्रिय कार्य थिए ।

जिल्लामा कतिपय लेनदेनका हिसाबहरुमा प्रजिअ पौडेलले खेलेको महत्वपूर्ण भूमिकाले धेरै व्यक्तिहरुको उद्धार भएको कार्यक्रमका बक्ताहरुले जनाएका थिए । जुन कार्य समाजमा रहेका ठगी गर्नेहरु र त्यसबाट मारमा परेका आम नागरिकको उद्धार भएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा प्रशासन गुल्मी मात्रै होइन् समग्र जिल्ला वासीको निम्ति महत्वपूर्ण परिर्वतन ल्याएको स्थानीयको भनाई छ । गुल्मी जिल्लामा १६ महिना बसाई पछि प्रमुख जिल्ला अधिकारी ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवाका प्रमुख भएका हुन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D