जिल्ला समाचार

छुट अस्थायी करार शिक्षक सङघर्ष समितिको गुल्मीको जिल्ला भेला सम्पन्न

हुमाकान्त पोखरेल
गुल्मी, १७ माघ । छुट अस्थायी करार शिक्षक सङघर्ष समिति, गुल्मीको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले हरी ज्ञवालीको अध्यक्षतामा ३८ सदस्यिय शिक्षक सङ्घर्ष समितिको जिल्ला कार्यसमिति पुर्नगठन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण सिंजाली, सिर्जना कुँवर र लाल बहादुर पचभैया, सचिवमा कमल खनाल, सह–सचिवमा मन्जु पुन, कोषाध्यक्षमा बाबुराम पन्थी र सह–कोषाध्यक्षमा गिरी रेगामी लगायत अन्य सदस्यहरु रहेका छन् ।भेलाले जिल्लाका सबै पालिकामा संयोजक ताकेको छ ।

जसअन्तरगत रुरुक्षेत्र गाउँपालिकामा हेमराज पन्थी, कालिगण्डकीमा इन्द्रज्योती श्रेष्ठ, सत्यवतीमा धन बहादुर काला मगर रहेका छन् । त्यस्तै धुर्कोटमा शोभाखर घिमिरे, छत्रकोटमा गणेश चुँदाली, गुल्मीदरबारमा शेर बहादुर पुन, मदानेमा मनिष कुमार चन्द, इस्मामा बाबुराम पन्थी, मुसिकोटमा प्रकाश कुँवर क्षेत्री, मालिकामा शेर बहादुर थापा, चन्द्रकोटमा केशव गौतम र रेसुङ्गामा सिता पन्थी संयोजक रहेका छन् ।

त्यसरी तोकिएका संयोजकहरुले सम्बन्धित पालिमाका अस्थायी करार शिक्षकहरुको भेला राखि समिति गठन गर्ने कार्यक्रम रहेको छ । छुट अस्थायी करार शिक्षक सङघर्ष समिति ०७२ असोज २ गते पछाडी नियुक्त भएका करार शिक्षकहरुको संस्था हो । उक्त संस्थाले अहिले शिक्षक सेवा आयोगमा आन्तरिक परीक्षा गराउनुपर्ने माग राख्दै ०७५ देखि विभिन्न सङ्घर्षका कार्यक्रमहरु गर्दै आएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D