जिल्ला समाचार

छल्दी पनाहमा गरिबी निवारणको लागि अभिमुखिकरण कार्यक्रम

सुनिता कंडेल
गुल्मी, फागुन २९ । इस्मा गाउँपालिका–२ हस्तिचौर छल्दी पनाहामा गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

ग्रामिण उद्यमशिलता विकास केन्द्र शाखा कार्यालय गुल्मीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टले उद्यमशिलताको तालिम स्थानीय तहमा रोजगारी सिर्जना गरी लघु उद्यमीहरुको विकास गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष टिका रेश्मीले कार्यक्रम सञ्चालनको लागि उक्त वाड छनौट भएकोमा खुशी व्यक्त गर्दै कार्यान्वयनको क्रममा सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रमअन्तर्गत लक्षित समूहको चाहना तथा माग, बजार सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा उद्यमशिलताको विकास गरिने परियोजना संयोजक भगवती श्रीसले बताउनुभयो । साथै उद्यमी सिर्जना गरी उद्यम स्थापनाको लागि आवश्यक एकिकृत सेवाहरु प्रदान गर्ने र स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्ने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन गरिनेसमेत उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्यम विकास तालिममा गरिने विभिन्न चरणहरु जस्तै सामाजिक परिचालन, उद्यमशिलता विकास तालिम, प्राविधिक सिप विकास तालिम, लघुवित्तमा पहुँच, प्रविधिमा पहुँच, वजारीकरण तथा व्यवसायिक परामर्श लगाएतका विषयमा जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण ग्रामिण उद्यमशिलता विकास केन्द उद्यम विकास कार्यक्रमका सहजकर्ता अन्जु थापा र अमृता गौतमले गर्नुभएको थियो ।

वडाध्यक्ष टिका रेश्मीको अध्यक्षता, गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको प्रमुख आतिथ्यता, गाउँपालिका उपप्रमुख विमला के.सी,.वडा सदस्य अन्जु नेपाली, गंगा बुढाथोकीको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम अन्जु थापाको स्वागत मन्तब्य र भगवती थापा श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D