जिल्ला समाचार

छत्रकोट मन्दीरमा बृक्षारोपण, रुद्राक्ष, कपुर, कल्की लगायतका बहुमुल्य जातका बिरुवाहरु रोपियो

अनिल खत्री
गुल्मी, साउन २७ । जिल्ला वन कार्यालय र भु–संरक्षण कार्यालय गुल्मीको आयोजनामा गुल्मीको छत्रकोट गाउँपालिकामा रहेको छत्रकोट देवालय परिशरमा वृक्षारोपण कार्यक्रम गरेका छन् । छत्रकोट मन्दीलाई पर्यटकिय सौन्दर्यता थप्नको निम्ती सामुदायिक वन तथा भु–संरक्षण दिवशमा बृक्षारोपण गरेका छन् ।

दिवश मनाउनकै लागि नभई त्यसको प्रभावकारी बनाउनु पर्छ भन्ने उदेश्यता बृक्षा रोपण गर्ने कार्यक्रम राखिएको जिल्ला वन कार्यालय गुल्मीका बन अधिकृत बिशाल घिमिरेले जानकारी दिए । छत्रकोट देवालय मन्दिर परिशरमा व्यवस्थित किसिमबाट महत्वपुर्ण सयौँ फुल तथा वृक्षहरु लगाइएको छ ।
tree planting
रुद्राक्ष, कपुर, कल्की लगायतका सयौँ बहुमुल्या जातका विरुवाहरु तारजाली सहित व्यवस्थित किसिमबाट रोपिएको थियो । छत्रकोट वृक्षारोपण गर्नाले मात्रै प्रकृति र वातावरण सन्तुलनमा रहँदै मानिसलाई पनि फाइदाँ हुने भन्दै संरक्षण र संम्र्वद्धनका लागि सबै एकजुट हुनु पर्नेमा बन अधिकृत घिमिरेले जोड दिए ।

आफुले छत्रकोटलाई समृद्ध गाउँपालिका बनाउन उद्देश्य राखेको भन्दै सबै क्षेत्रबाट कार्यक्रमहरुलाई सफल बनाउन सहयोग हुने अपेक्षा राखिएको उक्त गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D