जिल्ला समाचार

छत्रकोट गाउँपालिकामा दलित लक्षित तालिम तथा भिडियो प्रदर्शनी सम्पन्न

मनोज कार्की
गुल्मी, जेठ २६ । गुल्मीको छत्रकोट गाउँपालिकामा दलित लक्षित २ दिने तालिम तथा भिडियो प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रममा तालिम मात्र नभइ त्यहाँका दलित बस्तिहरुमा पुगि दलित कथामा आधारित भिडियो प्रदर्शनी गरिएको छ ।

समाजमा अझै दलितहरुलाइ हेप्ने छुवाछुत गर्ने प्रथा समाजमा अझै भएकाले दलित बस्ती देखि समाजलाइ परिबर्तन गर्नको लागि तालिम दिन लागेको छत्रकोट गाउपालिका वडा ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले बताए ।

जेठ २५ र २६ गते तालिम तथा भिडियो सो कार्यक्रमको सहजीकरण रुरु एफ एमका स्टेसन म्यानेजर युगराज वस्याल, पत्रकार मनोज कार्की र कलाकार अनिल केसीले गरेका थिए ।

कार्यक्रममा दलितका समस्याहरुको पहिचान गर्दे समाधानका उपायहरु खोज्दै कार्यक्रम संचालन गरिएको प्रशिक्षहरुले बताएका छन् । यो कार्यक्रम दलित समुदायमा मात्रै नभइ वडा भरी यस्तो समाज परिबर्तनशिल कार्यक्रमको आवश्यक रहेको यो बर्ष निकै प्रभाबकारी भएको अर्को बर्ष नि राख्ने वडा सदस्य यम नेपालीले जानाकारी दिए ।

पहिलो दिन कालिकानगरमा गरिएको कार्यक्रममा १ सय २५ जनाको सहभागिता रहेको थियो भने दोस्रो दिन मौलिपुरमा सन्चालन गरिएको कार्यक्रममा १ सय १५ जनाको उपस्थिति रहेको वडा कार्यलयले जनाएको छ ।

कार्यक्रममा उपस्थितहरुले दलित हुँदाको पीडा समाजले गर्दै आएको छुवाछूत तथा आफ्ना समस्या जनप्रतिनिधि समक्ष राखेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D