अनिल खत्री
३१ असार, गुल्मी । गुल्मीको सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्रहरीले नो बजेट योजना सुरु गर्न आग्रह गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका गुल्मीले वार्षिकी समिक्षा कार्यक्रम एबं सार्बजनिक सुनुवाई गाउँपालिकाको कार्यालयमा राखेको थियो ।

गाउँपालिकाको आयोजना र नेपाल पत्रकारमहासंघ गुल्मीको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सेवाग्रहीले पालिका स्तरिय उत्कृष्ट गौरबको आयोजना छुट्टाएर नो बजेट योजना सुरु गर्न आग्रह गरेका हुन् ।
नो बजेट योजनामा छुट्टाइएको कार्यक्रममा पालिकाले कुनै बजेटको सिमा नतोकी त्यो योजना पुरा नहुन्जेल रिन्तर काम भइरहेको हुन्छ । सार्बजनिक सुनुवाइमा सेवग्रहीले पालिकाले कर असुली प्रणली प्रभावकारी बनाउनु पर्ने, पालिका भित्रका प्राकृतिक श्रोत साधनको पहिचाहन गरेर अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।
सेवा ग्रहीले पालिका भित्रका ३ वटा वडामा पटकपटक बिद्युत अबरुद्ध हुने गरेको गुनासो राखेका थिए । उनिहरुले पालिका भित्रका धेरै जसो स्थानमा मोटरबाटोहरु पुगेपनि वर्षातको समयमा मर्मतमा ध्यानुपर्नेमा जोड दिएका थिए ।

प्रगती समिक्षा एबं सार्बजनिक गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, उपाध्यक्ष नर्मदा भण्डारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले र गाउँपालिका भित्रका वडा अध्यक्ष एबं बिभिन्न विषयगत समितिहरुका संयोजक, बिषयगत कार्यलयका प्रमुखहरुले सुनुवाईमा उठेका सुझाव, एबं गुनासाहरुमा जवाफ दिएका थिए । सेवाग्रहीले उठाएका धेरै सुझावहरु एबं गुनासाहरुले गाउँपालिकाले आगामी दिनमा गर्ने कामलाई टेवा मिलेको गाउँपालिका अध्यक्ष पन्तले बताए । उनले गाउँपालिकाले राखेका कार्यक्रमहरु ध्ेरै सहभागी भएर सुझाव सल्लाह दिनुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष पन्तले सर्बजनिक चासोका कार्यक्रममा सहभागी भएर सुझाव एबं गुनासाहरु भए खुलस्त रुपमा राख्न आग्रह गरे । सेवग्रहीले उठाएका केहि महत्वपूर्ण बिषयहरुमा गाउँपालिका गम्भीर भएर लाग्ने अध्यक्ष पन्तले बताए ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले बिभिन्न शिर्षकका बजेटमा वार्षिक प्रगतीहरु, आगामी दिनमा गरिन लागिएका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराएका थिए । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय स्थल लगायतका बिषयमा कार्यक्रमहरु राखेर अगाडी पौडेलको भनाई छ ।
सार्बजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष अनिल खत्री, रुरु स्टेशन म्यानेजर युगराज बस्याल, श्रृङ्गेश्वर एफएम स्टेशन म्यानेजर दामोदर ज्ञवालीले सहजी करण गरेका थिए ।