जिल्ला समाचार

छत्रकोटमा नेतृत्व विकास तथा उद्घोषण तालिम शुरु

टोपलाल अर्याल
गुल्मी, ७ जेठ । छत्रकोट गाउँपालिकाको आयोजनामा महिलाहरुको लागि नेतृत्व विकास तथा उद्घोषण तालिम वडा नं ४ दिगाममा शुरु भएको छ । दिगामको साविकका नौ वडाका २५ जना महिलाहरुको तालिममा सहभागिता रहेको छ ।

तालिमको गाउँपालिका उपप्रमुख नर्मदा भण्डारीले उद्घाटन गरिन् । तालिमको उद्घाटन गर्दै भण्डारीले बोल्न नजानेका कारण समुह सहकारी तथा उपभोक्ता समितिबाट बाहिर रहेका महिलाहरुलाई नेतृत्वमा ल्याउन तालिमको आयोजना गरिएको बताइन् । उनले महिलाहरुको नेतृत्व विकास नभएका कारण थुप्रै पुरुषहरुले समिति, समुहहरुमा महिलाहरुलाई हेप्ने र नेतृत्व नदिने परम्पराको अन्त्य गर्न महिलाहरु पछि हट्न नहुने बताइन् ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले तालिम मार्ग मात्रै भएकाले सिकेका कुरा व्यावहारमा प्रयोग गर्न सवै प्रशिक्षार्थीलाइ सुझाव दिए । उनले नेतृत्व विकास र उद्घोषण दुवै कला भएकाले कल्पना र भावनाबाट प्राप्त नहुने बताए । कार्यक्रममा मानव अधिकार अधिकृत गणेश श्रेष्ठ र पत्रकार महासंघका सचिव टोपलाल अर्यालले मानव अधिकारका विविध बिषय र उद्घोषणका विषयमा प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रम कार्यबहाक वडाध्यक्ष यम बहादुर नेपालीको अध्यक्षता, वडा सचिव अशोक श्रेष्ठको स्वागत तथा गाउँपालिकाका योजना शाखा प्रमुख मेघलाल पाण्डेयको संचालनमा सम्पन्न भएको थियो । तालिम तीन दिन संचालन हुनेछ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D