गुल्मी, पौष ६ । गुल्मीको छत्रकोट गाउँपालीकाको नवौं गाउँ सभा सम्पन्न भएको छ । सभाले विभिन्न ९ वटा कार्यविधि, २ वटा विधेयक र केहि शिर्षकको रकमान्तर सर्व सम्मत पारित गरेको छ ।
सभाले सहकारी नियमावली संसोधन, मोटरबाटो र घरघरमा खानेपानी पुर्याउने उद्धेश्यले केहि योजना थप गरि १ सय बढि योजनामा रकम समेत विनियोजन गरेको छ । गाउँपालीकाको महत्वपुर्ण योजना मानीएको कृषक पेन्सन, कृषक प्रोत्साहन भत्ता र कार्यक्रम सन्चालन कार्यबिधि २०७७ पनि पारित गरेको छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारी, उपाध्यक्ष नर्मदा भण्डारी, गाउँपालीका अध्यक्ष मधुकृष्ण पन्थले योजनाको बारेमा सहभागि जनप्रतिनिधिसगँ छलफल गर्नुभएको थियो । अध्यक्ष पन्थले आगामी जेठ १५ भित्र सम्पुर्ण योजना सम्पन्न गरि भुक्तानी निकासा गर्ने गरि अगाडि बढिएको जानकारी समेत गराउनुभएको थियो ।