जिल्ला समाचार

छत्रकोटका एक जना बृद्ध मृत फेला

अनिल खत्री
१९ असार गुल्मी । गुल्मीमा एक जना बृद्ध मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर २ कोठडाँडा घर भएका ६३ वर्षका मानबहादुर परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

परियार मंगलवार जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ बिरवास स्थित तिलादी सामुदायिक बनमा फेला परेका थिए ।

असार १५ गते शुक्रवार घरबाट सम्पर्क बिहिन भएका परियार भिरबाट लडेर मृत्यु भएको हँुनसक्ने प्रहरी उपरिक्षक द्धिबेदीले बताए । परियारको शबलाई पोष्टमार्टमको लागि तम्घास अस्पताल ल्याइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D