जिल्ला समाचार

छत्रकोटका महिलाहरुलाई नेतृत्व बिकास तथा उदघोषण तालिम सुरु

मनोज कार्की
गुल्मी, असार १ । छत्रकोट गाउँपालिका वडा न ६ दौघा गुल्मीमा आइतबार देखि ३ दिने महिलाहरुलाइ नेतृत्व बिकास तथा उदघोषण तालिम सुरु भएको छ । छत्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा तालिम सन्चालन गरिएको छ ।

२१ औ शताब्दीमा पनि महिलाहरु चुलोचौकोमा सिमित हुने कुनै समाजमा भएका कार्यक्रमहरुमा महिलाहरु खुलेर आफ्नो परिचय दिन नसक्ने सबै महिलाहरुलाइ सामाजिक काममा अग्रसरता गराउन र परिचय दिनको लागि तालिम आयोजना गरिएको छत्रदेब गाउँपालिका जानाकारी दिएको छ ।

छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमकि प्रमुख अतिथि नम्रदा भण्डारी बोल्दै महिलाले नै देश चलाएको देखिन्छ तर हाम्रो समाजमा अझै अन्धो छ महिलालाइ समाजले हेर्ने दृश्य फरक देखिने र महिला अब घरगोठको काममा मात्र नभइ समाजमाहुने कार्यक्रम पनि महिलाहरु तालिम समाप्त पछि सहभागिता संगै खुलेर परिचय दिन सहभागी महिलाहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा छत्रकोट गाउँपालिका वडा न ६ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति थम्मन ज्ञवाली बोल्दै अब यो तालिम पछाडी महिलाहरु वडामा भए गरेका योजना तथा कार्यक्रमको बारेमा बुझ्न र बैठक सभामा उपस्थित रहने अपेक्षा राखेको बताउनु भयो ।
तालिममा महिलाहरुलाइ नेतृत्व बिकास , उदघोषण तालिम, महिला हक अधिकार लगाएतका विषयबस्तुबारेमा प्रशिक्षण दिने प्रशिक्षकले बताएका छ्न ।

रुरु एफ एमका स्टेशन म्यानेजर युगराज बस्याल र पत्रकार मनोज कार्कीले तामिमको सहजीकरण गर्नुभएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य कमला ढकाल वडा सदस्य मिना नेपाली समाजसेवी बुद्धिजिबि शिक्षा प्रेमिको को उपस्तिथित रहेको थियो ।वडा न ६ बाट तालिमामा ३० जना महिलाको सहभागिता रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D