gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

चुनावी तयारीमा जुट्यो धुर्कोटको माओवादी केन्द्र

गुल्मी, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धुर्कोट गाउँपालिका चुनावी तयारीमा जुटेको छ । पार्टीले विभिन्न बैठकको आयोजना गर्ने, विभिन्न समितिहरु गठन गर्ने, कार्यकर्ता प्रशिक्षण गर्ने लगायतका कार्य गर्दै चुनावी तयारीमा जुटेको हो ।

तयारीको लागि बिहीबार पार्टीले बर्बोटमा विस्तारित बैठक सम्पन्न गरेको छ । बैठकले पार्टीका गाउँकमिटी अध्यक्ष गोपाल कुँवरको संयोजकत्वमा गाउँकमिटीका सबै सदस्यहरु सदस्य रहने गरी निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै चन्द्र विकको संयोजकत्वमा वडा कमिटीका सबै अध्यक्षहरु सदस्य रहने गरी निर्वाचन घोषणा–पत्र प्रकाशन समिति एवम् महेन्द्र वि.सी.को संयोजकत्वमा रेशम थापा, भरत पाण्डे र हुमाकान्त पोखरेल सदस्य रहने गरी प्रचार–प्रसार समितिको गठन गरेको गाउँ कमिटी सचिव कमला घर्तीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य विर बहादुर कार्कीले सबै एकजुट भएर निर्वाचनमा लाग्न कार्यक्रताहरुलाई निर्देशन दिए । देशैभर माओवादीले जितेका पालिकामा बढी विकास भएकोले अबको निर्वाचनमा माओवादी केन्द्रको विकल्प नभएको धारणा राखे ।

त्यस्तै जिल्ला संयोजक बुद्धि जिसीले जो जहाँ छ, त्यही खटेर पार्टीलाई जिताउन कार्यक्रतालाई आग्रह गरे । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले पालिकाले गरेको कामको जानकारी गराएका थिए । त्यस्तै गाउँपालिकालाई नेपालकै तेस्रो तथा लुम्बिनी प्रदेशको पहिलो पालिका बनाउन भुमिका खेल्ने पार्टीका सबै कार्यक्रतालाई धन्यवाद् दिए । बैठकमा पार्टीका विभिन्न नेता, भातृ संगठनका प्रमुख एवम् प्रतिनिधि, वडा कमिटीका पदाधिकारी, गाउँ कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D