जिल्ला समाचारबिचार

चिनारी ब्लग : ‘मदाने’ पर्यटन तथा बहुआयामिक स्रोतको मुहान

डोर वहादुर के.सी
भौगोलिक बनाबटबाट नै नामको सार्थकता पाएको छ मदानेले । स्थानीय कृषक र पशुपालकको मायाबाट नामकरण पाएको हुनुपर्दछ मदानेले । मालिका देवीलाई शिरमा राखी चारै दिशाबाट निस्केका कत्थुरे, वामे, घोप्ट, पञ्चासे जस्ता ढालयुक्त पहाडले मदानेलाई साच्चैकै कृर्षकले मही बनाउने घरेलु औजार मदानी जस्तै देख्न सकिन्छ । बाँझकटेरी, सिर्सेनी, अग्लुङ्ग, अर्खावाङ, मर्रभुङ र ह्वाङ्गदी जस्ता घना वस्तीहरुलाई कोखमा राखेर पलेटिकसी एउटा ममतामयी माताको्र रुपमा अटलबनी वसेको छ मदाने ।

गुल्मी जिल्लाको उत्तर-पश्चिमी भाग, प्यूठान जिल्लाको उत्तर पुर्वीभाग र वाग्लुङ्ग जिल्लाको दक्षिणी भागको संगमस्थल समेत रहेको मदाने २८ं १३’ ४१’’ देखि २८ं १४’ ०७’’ उत्तरी अक्षांश तथा ८३ं ०३’ २१’’ देखि ८३ं ०९’ २१’’ पुर्वी देशान्तरमा अवस्थित छ । समुन्द्र सतहदेखि ९७५ मीटर देखि २६६३ मीटर उचाई सम्म रहेको मदानेले १३७६१ ह्ेक्टर क्षेत्रफल ओगटेको छ । मदाने हालको पॉच नम्बर प्रदेशकै उच्चभुमी हुनुको साथै यस प्रदेशका रक्त संचारको रुपमा रहेका छल्दी, पनाहा, निस्ति, झिमरुक तथा बडिगार्ड जस्ता नदी तथा खोला हरुको समेत उद्गमस्थल र पानीको मुख्यस्रोत समेत हो । यसको महत्वलाई अझ प्रवद्धनगर्नु पर्दा यो भूमीे लुम्विनी, राप्ती र धवलागिरी अञ्चलको समेत संगम स्थल हो ।

नेपाल सरकारको २०६७ सालको मन्त्रिपरिषदको निर्णयले जैविक विविधताको संरक्षण, पर्या–पर्यटनको विकास र प्राकृितक सौन्दर्यताको संरक्षण गर्ने मुख्य उदेश्यका साथ मदाने संरक्षित वनको रुपमा यस क्षेत्रलाई घोषणा गरे पछि यसको राष्ट्रिय महत्व समेत एकातिर उजागर भएको छ भने अर्कोतिर यसको मुख्य भूभाग अन्तरगतपर्नेे स्थानीय तहको नाम समेत मदाने गाउ‘पालिका राखिएबाट यसको स्थानीय महत्व समेत अझबढेको छ । यो ठाउ‘को उच्चभुभाग बाट उत्तर तर्फ ऑखाको सामु देखा पर्ने धवलागिरी र अन्नापुर्णा हिमश्रृङखलाको मनमोहक दृश्य र दक्षिणतर्फ सिधै तल देखिने मध्यमहाडी भूभागको नागवेली पहाड र त्यसको काखमा रहेका खेतियोग्य समथर फॉटको मनोरम दृश्यको आनन्द एकैपटक लिन सकिन्छ । यसरी यो क्षेत्र चारै दिशाको क्षितिजलाई एकैनजरमा चियाउन सक्ने स्वर्गको एक ऑखिझ्याल हो समेत भनेर भन्न सकिन्छ ।अग्ला-अग्ला लालिगुराँस, खर्सु, कटुस, आदि रुखहरुको बाहुल्यता रहेको यहॉको वनमा कुरिलो, वोझो, तितो, विलाजोर, विष, जिवन्ती ,सुगन्धवाला, चुत्रो ,तेजपात ,कुटकी, वनलसुन ,संजिवन, कुकुर गाईनो आदि बहुल्य जातका जढिबुटि आदिले यसको मुल्य अभिवृद्धि एकातिर गरेको छ भने अर्को तिर निगालो, गजिङ, झ्याउ तथा विभिन्न लहरा जातका वनस्पतिले मदानेलाई अझघना बनाएको छ । चितुवा, भालु, मृग, घोरल, लंगुर, बाँदर, स्याल, वन विरालो, भार्से, लोख्रके, न्याउरी मुसा ,खरायो, दुम्सी, बदेल जस्ता वन्यजन्तु र तित्रा, कालिज, गिद्ध, चिल, फिष्टा, हलेसी, मलेवा, कोईली, बौडाई, गरुड, काल्चे,लुईचे, लाटोकोसेरो, जुरेली, ढुकुर आदि जस्ता दुई सय भन्दा बढि विभिन्न प्रजातिका पन्छीहरुले यस क्षेत्रको शोभा अझ बढाएका छन्।

मदाने बहुआयमिक सा्रेतको केन्द्र हो । विशेषत मदानेलाई आर्थिक, धार्मिक, पर्यावरणीय र पर्यटकीय महत्वको नजरबाट हेर्ने र विष्लेषण गर्न सकिन्छ । आर्थिक पक्षबाट मदाने पर्या–पर्यटन, पशुपालन, कृषि र दैनिक जन जीविकाको स्रोत हो । पर्यावरणीय हिसावाले मदाने पॉच नम्बर प्रदेसको प्राण वायु र देशकै गर्व हो भने धार्मिक पक्षबाट मदाने त्यस भेगका जनताको आस्था र विस्वासको ढकढुकि हो । छल्दी, पनाहा, निस्ति र झिमरु जस्ता नदी तथा खोलाको मुहान मदाने भएकोले यसबाट सिंचितहुने हजारौैं फॉटहरु र उर्वरभूमीमा आश्र्रित कृषहरुको लागि मदाने दैनिक जीविकाको प्रमुख सा्रेत हो ।

सरकारले मदाने संरक्षित वनको रुपमा घोषणागर्नु अगाडिसम्म बाँझकटेरी, र्सिसेनी, मर्भुङ, अर्खवाङ, हवाङ्गदी र अगलुङ वासी हजारौंको दैनिक दिनचर्या मदानेमानै वित्ने गरेको थियो । यहॉका वासिन्दालाई घाँसपात, डोको, नाम्लो, गाईभैंसी भेडाबाख्रा चरणको लागि मदाने नपुगी सुखै थिएन । यहॉका कतिपय कृषकहरु खेतीपातीको काम समाप्त गरेपछि वर्षा याममा आफ्ना पशुहरु लिएर अस्थाई रुपमा टहरा बनाई पशुपालन र ध्यू उत्पादन गर्ने गर्ने गर्दथे भने भुजेल जातिले हजारौंको संख्यामा घुमन्ते रुपमा ब्यवसायीक भेंडा, च्याङ्गरा पालन गरेर मनग्य आम्दानी गर्ने गरेको पाईन्थ्यो । परिवर्तीत परिस्थितीमा अवको आवश्यकता पर्या–पर्यटनको विकास र प्रर्वद्धननै हो भन्ने कुरामा यहॉका स्थानीयहरुको बुझाई भएसंगै स्थानीयले आफ्नो दैनिक आवश्यकता पुरागर्न वैकल्पिक उपायहरु अवलम्बन गरेर यहॉको वन, वन्यजन्तु र पशुपंक्षिको संरक्षणमा एकजुट भएर लागेको पार्ईन्छ । आर्थिक पाटाको अर्को लुकेको पक्ष के छ भने यहॉ अवस्थित फलाम तथा तामा खानीको महत्व बाहिर आउन बॉकिनै छ । खालि पखाल्ने भन्ने ठाउँमा खानी छ भन्ने स्थानीय बुढा पाकाहरुको भनाईको सार्थकता यहॉको भग्नावषेश र नामबाट समेत प्रष्टहुन्छ तर हालसम्म कसैबाट पनि थप अध्ययन र अनुसन्धान हुन भने सकेको छैन ।

पर्यटनको लागि मदानेले प्रसस्त संभावनाहरु बेकेको भएतापनि हाल सम्म यसको उचित प्रचार प्रसारको कमीले पछाडि परेको छ । पर्यटकीय हिसाबले हेर्दा यस क्षेत्रलाई कंकी देउराली–सुईरे–मदानेहुदै–गौमुखी सम्मको प्यानोरामा पदायात्रा, म्याग्दी देखि रुकुम सम्मको गुरिल्ला पदयात्रामार्ग, लुम्बिनी–रुरु– रेसुङ्गा– मदाने– सुपा देउराली हुदै जाने आध्यात्मिक तथा धार्मिक सर्किट मार्ग र मदानेहुदै प्रवेशगर्ने – ढोरपाटन सम्मको उच्च पहाडी पदमार्ग आदि हिसाबमा यसको विकास र प्रवद्धनगर्न सकिन्छ । यहॉबाट प्यूठानको गौमुखी हुदै ढोरपाटन क्षेत्रको प्रवेश कम मनमोहक छैन । रमणीय दृश्यहरु र स्थानीय मगर समुदायको परम्परागत वसोवास र जीवन शैलीको अध्ययन र अवलोकन विदेशीहरुको लागिमात्र नभएर आन्तरिक पर्यटकको लागि समेत रोचक हुने छ । पर्यटकको खासै चहलपहल हुन नसकेको भर्जिन ल्याण्डको पदयात्रा पर्यटकको बेग्लै महत्वको रहने छ भने वन्यजन्तु र चराचुरिङ्गी अध्ययन गर्नेहरुको लागि यो क्षेत्र थप आकर्षण हुने छ । हालै निर्माण भईरहेको सालझण्डि ढोरपाटन मार्गले मदाने क्षेत्रको प्रवेशलाई सहज बनाएको भएतापनि यहॉको जैविक वासस्थानमा भने चुनौती थपेको छ ।

गौमुखी क्षेत्र धार्मिक आश्थाको केन्द्र भएकोले हिन्दू धर्मालम्बिहरुकोे लागि अझ उपलब्धिपुर्ण हुने छ । धार्मिक दृष्टिले मदानेको ठीक शिरमा रहेको मालिका देवीको मन्दिरलाई छुटाउनु हुदैन । यीनै मालिका देवीको नामाबाट मदानेलाई मालिका धुरी पनि भन्ने गरिन्छ । मालिका देवी यस भेगका वासीन्दाहरुको प्रमुख संरक्षक हुन् । यस भेगका वासिन्दा विशेषतः भुसाल समुदायको लागि मालिका देवीप्रति अगाथ आस्था र प्रेम छ । पशुपालन ,कृषि, व्यापार, जागिर, सरुवा, बढुवा विदेश भ्रमण, दुःखी, विरामी सबै अवसर र घटनामा मालिकाको स्मरणगर्नु यस भेगका वासिन्दा पहिलो काम हो । मालिका रिसाएमा यस भेगमा अनिष्ट हुन्छ भन्ने जन विस्वास र मालिका देवीलाई खुशि पार्नको लागि निश्चित आचार ब्यवहारको परिपालना गर्नु पर्ने भएकोले यस भेगका वासिन्दालाई इमान्दार भई मेहनतका साथ कर्तव्य पथमा लाग्न प्रेरणा मिल्दै आईरहेको छ । मालिका देवीलाई वली चढ्ने भएकोले उद्यौली र उघौलीको रुपमा यहॉ दैनिक जसो वली दिने गरिन्छ । मालिका देवी पश्चिमा पर्यटक र हिन्दु धर्मालम्वी सबैको लागि आस्था र अध्ययनको केन्द्र समेत बन्न सक्छ । यसको महत्व र गरिमालाई बुझेर यसको काखैमा श्री अरविन्द आश्रम नामक संस्थाको स्थापनाले यस क्षेत्रको पर्यटन विकासमा एक ईटा थपेको स्थानीयको बुझाई छ ।

यसरी मदाने बहुआयमिक श्रोतको मुहान भएतापनि यसको उचित संरक्षण र प्रचार प्रसार हुन सकेको छैन। सरकारले यसैवर्ष घोषणा गरेको एकसय पर्यटकीय गन्तव्य स्थलको सूचीमा मदाने क्षेत्र समावेस हुन नसक्नु नीति निर्माताहरुको कमि कमजोरी र समग्र पर्यटन क्षेत्रको विकसको लागि समेत दुर्भाग्यको विषय हो । आगमी दिनहरुमा सबै सरोकार वालाको ध्यान यस क्षेत्रको पर्यटन विकासमा केन्द्रित गर्न सकेमा देशले एउटा नयॉ पर्यटन गन्तव्यस्थल भेटाउने छ भने स्थानीयले आय आर्जनको नयॉ र राम्रो विकल्प समेत पाउने छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D