चारदिनदेखि युवती सम्पर्कविहिन, खोजि गदिरिदन परिवारको आग्रह

हुमाकान्त पोखरेल
गुल्मी, ०४ मंसिर । गुल्मीमा एक युवती चारदिनदेखि सम्पर्कविहिन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ रजस्थल जाउनडाँडा बस्ने १७ बर्षिय पुजा अर्याल सम्पर्क विहिन भएकी हुन् । मंसिर १ गते आइतबार बिहान घरबाट हिडेकी उनी सोहि दिन साँझबाट नै सम्पर्कविहिन भएको परिवारले जनाएको छ ।

छोरी सम्पर्कविहिन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरी चौकी, इस्मामा उजुरी पनि दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन् । पुजाले इस्मा गाउँपालिका ४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहिन भएपछि खोजि गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । पुजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ