मुख्य हेडलाईन

“चन्द्रकोट” ५ नम्बर प्रदेशकै कम कर्मचारी हुने गाउँपालिका

हुमाकान्त पोखरेल
१८ मंसिर, गुल्मी । गुल्मीको एक स्थानिय निकाय ५ नम्बर प्रदेशकै कम कर्मचारी हुने गाउँपालिका बनेको छ । चन्द्रकोट गाउँपालिका ५ नम्बर प्रदेशकै कम कर्मचारी हुने गाउँपालिका भएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।

चन्द्रकोट गाउँपालिकाको कुल दरबन्धी सङ्ख्या ३४ हो । जसमध्ये प्रशासनमा मात्रै आठ कर्मचारीको दरबन्धी केन्द्रले तोकेको छ । तर त्यहाँ एकजना मात्रै कर्मचारी केन्द्रले पठाएको छ । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत छन् । तर नायब सुब्बा कोहि छैनन् । जबकी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत, अधिकृत स्तरको हुन्छ । यदि कारणबस प्रमुख प्रशासकिय अधिकृत बिदामा बसे वा अनुपस्थित नभएमा नायब सुब्बा स्तरको कर्मचारीले काम गर्नुपर्ने ब्यवस्था छ ।

तर गाउँपालिकामा कोहि पनि नायब सुब्बास्तरका कर्मचारी नहुँदा बेलाबेलामा खरिदारको भरमा गाउँपालिका चल्नुपर्ने बाध्यता रहेको अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए । त्यसका साथै उनले चन्द्रकोट गाउँपालिका ५ नम्बर प्रदेशमै कम कर्मचारी हुने गाउँपालिका रहेको समेत दाबी गरे । केन्द्रले कर्मचारी नपठाएपछि गाउँपालिकाले करारमा भएपनि कामचलाउ कर्मचारी नियुक्त गरेको छ । गाउँपालिकाले कुल १० जना कर्मचारी करारमा नियुक्त गरेको जनाएको छ । जसमध्ये प्रत्येक वडामा एक÷एक जना कार्यालय सहायक, इन्जिनियर र ओभरसियर पर्दछन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D