चन्द्रकोट-रुपन्देही संपर्क मन्चको भेला सम्पन्न, देव गुरुङको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती गठन

सन्जु काउछा
असार ०७ । चन्द्रकोट-रुपन्देही संपर्क मन्चको भेटघाट तथा अन्तर्कृया सम्पन्न भएको छ । प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यता कार्यक्रम कार्यक्रम बुटवल ड्राईभरटोल स्थित दि एसआर होटेलमा सम्पन्न भएको हो ।

शनिबार दिउँसो सम्पन्न भेलाले देव गुरुङको अध्यक्षतामा २३ सदस्यिय एक तदर्थ समिती पनि गठन गरेको छ । समितिको उपाध्यक्षद्वयहरुमा घनश्याम गौतम र श्याम बस्नेत रहेका छन् । शोभित श्रेष्ठ कोषाध्यक्ष रहेको समितीको सचिवमा चिरन अर्याल र सहसचिवमा मिना कार्की रहेका छन् ।

कार्यक्रममा गुल्मीको चन्द्रकोट गाउँपालिका स्थाई बसोबास भई ब्यापार, जागिर, अध्ययन, उद्यम लगायत बिभिन्न शिलसिलामा रुपन्देहीमा बसोबास गर्नेहरुको उपस्थिती रहेको थियो । नवगठित यो समितीले चन्द्रकोटको बिकासको लागि निरन्तर लाग्ने अध्यक्ष गुरुङले बताए ।

त्यस्तै जुनसुकै उद्देश्यको लागि रुपन्देहीमा रहनु परे पनि गाउँ ठाउँको बिकास र प्रवर्द्दनको लागि चन्द्रकोट-रुपन्देही संपर्क मन्चले कुनै कसर बाँकी नराख्ने उपाध्यक्ष श्याम बस्नेतले गुल्मीन्युज डट कमलाई बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ