गुल्मीन्युज
गुल्मी, जेठ २८ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चन्द्रकोट गाउँपालीका गुल्मीले १३६ जना बेरोजगार युवायुवतीहरुलाई ३० दिनको लागी रोजगार प्रदान गरेको छ ।
सडक, खानेपानी, बिद्यालय, स्वास्थ्य, बगैँचा निर्माण लगायतका क्षेत्रमा काम गर्ने गरी एक महिनाको लागी रोजगार प्रदान गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालीका अध्यक्ष द्रोण खत्रीको अध्यक्षतामा सोमबारबाट सुरु गरिएको कार्यक्रममा गाउँपालीका उपाध्यक्ष राधिका अर्याल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी, सम्पुर्ण वडाका वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन रोजगार संयोजक यज्ञमुर्ति न्यौपानेले गर्नुभएको थियो ।