जिल्ला समाचार

चन्द्रकोट गाउँपालिका गुल्मीले चन्द्रकोट बुलेटिन प्रकाशन गर्ने

मनोज कार्की
गुल्मी, भाद्र २४ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासिक ई-बुलेटिन प्रकाशन गर्ने भएको छ । ई-बुलेटिनको पहिलो अंक आउँदो आइतबार सम्म प्रकाशन हुने चन्द्रकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले प्रकाशन गर्ने लागेको मासिक ई-बुलेटिनको पहिलो अंकमा ऐतिहासिक पृष्ठभुमी, गाउँपालिकाको परिचय, गाउँपालिकाका संगठन तथा संमरचना कर्मचारी तथा वडाको विवरण समाबेश गरिने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानाकारि दिएका छन् ।

ई-बुलेटिनमा प्रकाशित हुने सम्र्पुण अंक गाउँपालिकाको वेबसाईट तथा फेसबुकमा राखिने र मासिक रुपमा प्रकाशित गरिने ई-बुलेटिनको नाम चन्द्रकोट बुलटिन राखिने गाउँपालिका अध्यक्ष खत्रीले बताए । प्रत्येक नागरिकले गाउँपालिका सुचना पाउने हक भएकाले गाउँपालिकाको पँुजिगत चालुको खर्च बिवरण , सार्बजानिक निकायले काम कार्वाहिको बारेमा जानाकारी, गाउँपालिकाले गरेका सम्पुर्ण गतिबिधि समाबेश गरि ई-बुलेटिन सार्बजानिक गर्ने चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए ।

गाउँपालिकाको सम्पूर्ण जानकारी नागरिकले घरमै बसेर पनि अध्ययन गर्ने सक्ने भएकाले यो माध्यम नागरिकको लागि प्रभाबकारी माध्यम बन्न सक्ने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । गाउँपालिकाले आफ्नो लोगो निर्माणको प्रस्ताव अगाडि बढाएको छ ।

गाउँपालिकाले प्रकाशन गर्ने चन्द्रकोट बुलेटिनमा संरक्षक प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी, संयोजक गाउँपालिकाका सुचना प्रबिधि अधिकृत कृष्ण प्रसाद गौतम, शिक्षा अधिकृत नयन सिंह ठकुरी, अधिकृत छैठौ शिबलाल ज्ञवाली र रोजगार संयोजक यज्ञमुर्ती न्यौपाने सल्लाहकार रहने भएका छन् । कम्प्युटर अपरेटर सुमित्रा भण्डारी र पवन पोखरेल सदस्य रहने बुलेटिनको प्रकाशक चन्द्रकोट गाउँपालिका रहने छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D