कोरोनाजिल्ला समाचार

चन्द्रकोट गाउँपालिकाको मजुवा र शान्तिपुरमा आइसोलेसन वार्ड स्थापना

भेष बहादुर काउछा
चैत १३ । गुल्मीको चन्द्रकोट गाउँपलिका स्थित मानका टिकाराम बहुमुखी क्याम्पसमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर पुर्व तयारी स्वरुप बिहीवारबाट ६ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको हो ।

चन्द्रकोट गाउँपालिकाको वार्ड नं ८ स्थित मजुवामा युथ भिजन क्लब, नेपाल रेडक्रस सोसाईटी मजुवा उपशाखा, श्री शुभसारथी स्वास्थ्य पोलिक्लिनिक, प्रगतिशिल आमा समुह लगायतका संघसँस्थाहरुको संयुक्त पहलमा आइसोलेसन वार्ड निर्माण गरिएको पोलिक्लिनिकका संचालक श्याम बस्नेतले जानकारी दिए । कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुलाई छुट्टै ठाउँमा राखेर उपचार गर्नुपर्ने भएकाले बजारको बस्तीबाट अलग्गै स्थानमा रहेको क्याम्पस छनौट गरिएको बस्नेतले गुल्मीन्युज डट कमलाई बताए ।

त्यस्तै चन्द्रकोट गाउँपालिकाकै शान्तिपुरमा पनि आइसोलेसन हाउस वार्ड गरिएको छ । शान्तिपुर स्थित चन्द्रकोट क्याम्पसमा आइसोलेसन वार्ड निर्माण गरिएको हो । गाउँपालिका भित्रका स्वास्थ चौकी तथा सामुदायिक स्वास्थ इकाईहरुमा शंकास्पद बिरामी भएमा तुरुन्त यस वार्डमा सम्पर्क गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मालाई 9847077731 मा र डा. सरिता ढकाल 9863689836 मा संपर्क गर्न सकिने पनि गाउँपालिकाले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D