gulminews logo
आईतवार, २०७९ असार १९

चन्द्रकोटको कार्यपालिका बैठक सम्पन्न

हुमाकान्त पोखरेल

२८ जेठ, गुल्मी । चन्द्रकोट गाउँपालिका गाउँकार्यपालिकाको दोस्रो बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न विषयगत समितिहरु गठन गर्ने निर्णय गरेको छ । वडा नम्बर १ का वडाध्यक्ष घनश्याम खरेलको संयोजकत्वमा पूर्वाधार निर्माण समिति, वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्रराज अर्यालको संयोजकत्वमा सामाजिक विकास समिति, वडा नम्बर ४ का वडाध्यक्ष बलबहादुर बस्नेतको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरिएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष पृथ बहादुर कार्कीको संयोजकत्वमा वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, वडा नम्बर ३ का वडाध्यक्ष डिल्लीराज सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । त्यस्तै कार्यपालिका सदस्य विष्णुमाया सापकोटाको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, विष्णुकला थापाको संयोजकत्वमा विधायन समिति र सूर्य बहादुर बस्यालको संयोजकत्वमा सु–शासन तथा संस्थागत विकास समिति गठन भएको गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए । कार्यपालिका बैठकले वडा नम्बर १ का वडाध्यक्ष खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

बैठकले असार ६ गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश गर्ने र असार ९ गते बजेट पेश गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुस्

सरकारदेखि जंगली जनावर र मनसुनबाट किसान पीडित, जिल्ला सभामा ध्यानाकर्षण गराउँदै स्थानीय सरकार प्रमुख

टोपलाल अर्यालगुल्मी, १६ असार । किसान मानो रोपेर मुरी फलाउने आशाका साथ खेतबारीमा व्यस्त छन्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D