जिल्ला समाचार

घुम्ती शिविर मार्फत १ हजार ३७८ नागरिकता

तिलाचन पाण्डे
गुल्मी, बैशाख २४ गते । जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका बिभिन्न दुर्गमा ठाउँहरुमा पुगि घुम्ती सेवा मार्फत नागरिकता बितरण गरेको छ । प्रशासनले जिल्लाको कालिगण्डकी , चन्द्रकोट र मदाने गाउँपालिकामा घुम्ती शिबिर गरि उक हजार तीन सय ७८ नागरिकता बितरण गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार कालिगण्डकी गाउँपालिकामा गत फागुन महिनाको २२ र २३ गते गरि ५३५ , चन्द्रकोट गाउँपालिकामा चैत ७ र ८ गते तीन सय ३३ र मदाने गाउँपालिकामा बैशाख १२ र १३ गरि पाँच सय १० नागरिकताहरु घुम्ति शिबिरबाट बितरण गरिएको हो ।

गाउँबाट जिल्ला सदरमुकाम आँउदा नागरिकहरुलाई धेरै समस्या हुने र आउन जानमै धेरै रकम खर्च हुने लगायतका समस्याहरु हुने भएकाले स्थानीय स्तरमा नै गएर नागरिकता बितरण गरिएको प्रशासन कार्यलयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार अझै जिल्ला देखि अलि बिकट ठानिएको मालिका गाउँपालिकामा पनि पुगि घुम्ती शिबिर संचालन गर्ने तयारीमा रहेको बताए । न्यौपानेले यसरी गाउँमै गएर सेवा दिदा स्थानीय नागरिकहरुको समय , पैसा र झन्झट कम हुने दाबी गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D