जिल्ला समाचार

घाँस काट्दा लडेकी थापाको उपचारको लागि कोरियाबाट १ लाख रुपैँया सहयोग

तिलाचन पाण्डे
गुल्मी, बैशाख ७ । डाले घाँस काट्ने क्रममा खनियाको रुखबाट लडी घाईते भई उपचारमा अर्थिक अबस्था कमजोर भएपछि कोरियाबाट सहयोग उपलब्ध भएको छ ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ की ज्ञानुमाया थापाले डाले घाँस काटने क्रममा खनियाको रुखबाट लड्दा उनको मेरुदण्डमा समस्या भएको र उनको उपचारमा आर्थिक अभाब भएपश्चात उनलाई उपचारका लागि हर्मिचौर सम्पर्क समाज दक्षिण कारियाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

समाजले एक कार्यक्रमका बिच कालिगण्डकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ठानीश्वर पाण्डेको रोहवरमा उनका श्रीमान टोप बहादुर थापालाई रकम हस्तान्तरण गरेको समाजका निबर्तमान अध्यक्ष जीबन न्यौपानेले जानकारी दिनुभयो ।

घाँस काटने क्रममा गत माघ १४ गते खनियाँको रुखबाट लडी उनी घाइते भएकी थापाको अहिले पाल्पाको मिसन अस्पतालमा उपचार भईरहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D