कृषीजिल्ला समाचार

घरको छतबाट तरकारी उत्पादन

अनिल खत्री
२६ असार, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा घरको छतमै तरकारी फलाउन तर्फ स्थानिय उत्साहित देखिएका छन् । जिल्ला सदरमुकाम तम्घास बजारमा भएका पक्की घरको छतमा बिभिन्न जातका तरकारीहरु उत्पादन गर्न तर्फ स्थानियको चासो दिने गरेका छन् ।

मेहनता र जाँगर भए केहि गर्न सकिन्छ भन्ने उदाहरण गुल्मी तम्घास बजार घरमा गरिएका कृषिबाट लिन सकिन्छ । धेरै जग्गा हुनेहरु केहि नगरि बाझै रहेका बेला तम्घास बजार वासीले घरको छतमा सानो ठाउँमा पनि तरकारी खेती गर्नाले मेहनत र जाँगर भए केहि हुन्छ भन्ने उदाहरण पेस गरेका छन् ।

तम्घास बजारमा घरभएकाहरु घरको छतसँगै छेउछाउमा पानि तरकारी खेती गर्ने गरेको पाइएको छ । बजारमा अधिकांश घरहरुमा तरकारी खेती व्यवस्थित रुपमै गरेको देख्न सकिन्छ । छतमा गरिएका कृषिमा गमलामा माटो ल्याएर व्यवस्थित तरिकाले खेती गर्ने गरेका हुन् ।

छतको साघुँरो ठाउँमा पनि बिभिन्न गमलाहरुमा व्यवस्थित रुपमै तरकारी तथा फुलहरु लगाउने गरेका छन् । बिभिन्न व्यवसाय गर्दै आएकाहरु खाली समयको सदुपयोग र घरमै उत्पादन गरेको ताजा तरकारी खाना पाइने भन्दै स्थानिय घरको छतमा तरकारी खेती गरेको बताउछन् ।

तम्घासको क्याम्पसरोडमा भाडाको घरमा होटल गर्दै आएका गणेश मरासिनीले पछिल्लो ३ वर्ष यता घरको छतमा तरकारी फलाउदै आएका छन् । उनले घरको छतमा गरिएको तरकारी खेलीबात ५ जनाको परिवारलाई तरकारी किन्न नपरेको बताए । उहाँले घरको छतमा गरिएको तरकारी खेतीको लागि घरमै उत्पादन भएको कम्पोष्ट मलबाट अर्गानीक तरकारी उत्पादन गर्दै आएको बताए । उनको छतमा झण्डै १ सय गमलामा तरकारी लगाएका छन् । पेसाले कृषि प्राबिधिकको रुपमा काम गर्दै आएका तम्घास मिलनचोक निवासी यज्ञ पन्थीले पनि घरको छतमा तरकारी उत्पादन गर्दै आएका छन् ।

घर नजिकै बारि भएतापनि घरको छतमा ठाउँपनि सदुपयोग र देख्नलाई राम्रो र घरमै उत्पादन भएको अर्गानी ताजा तरकारी खानाको निम्ति उत्पादन गर्दै आएको बताए । सामान्य फूलका बिरुवा रोपेर सुरु गर्नुभएका पन्थीले झण्डै डेढसय गमलामा बिभिन्न तरकारी लगाएर उत्पादन गर्दै आएको बताए ।

सामान्य रुपामा तरकारी गर्दै जाँदा उत्पादन पनि राम्रो हुँदै जाँनथालेसँगै बढाउदै लगेको पन्थीले बताए । पन्थीले बिहान साझको समयलाई सदुपयोग र हरियो देख्न पनि राम्रो देखिने अर्गानीक तरकारी खाना पनि पाइनेभएपछि छतमै तरकारी खेती गर्दै आएको पन्थीले बताए । पन्थीले १० वर्ष यता छतमै व्यवस्थित रुपमै तरकारी खेती गर्दै आएको पन्थीको भनाई छ । तम्घासका पन्थी र मरासिनी मात्रै होइन बजारका अधिकांश घरका छतहरुमा तरकारी खेती गर्दै आएको देख्दा घरको छत हो की करेसा बारि भन्ने छुट्टाउन गाहे पर्ने गरेको छ ।

जिल्लाका बिभिन्न स्थानमा एक घर एक करेसा बारि अभियान पनि चलाइएको थियो । तर यसको सबै ठाउँमा प्रभावकारीता भएको देखिदैन् । कम्तीमा घरको लागि आबश्यक पर्ने तरकारी आफैले उत्पादन गरेर खानुपर्छ भन्ने उदेश्यले केहि वर्ष पहिलेबाट एक घर एक करेसा बारिको अभियान चलाइएको थियो । यसरी बजारका पक्की घरमा गरिएका तरकारी खेतीले जमिन भएर पनि केहि नगरि बाझो राखेर बस्नेहरुलाई पक्कै पनि यसले पाठ सिकाउने छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D