टोपलाल अर्याल
२३ माघ, गुल्मी । गोर्खा वेलफेयर ट्रस्ट नेपालको आर्थिक सहयोगमा गुल्मीको हाडहाडेको एक बिद्यालयलाई भौतिक सामग्री प्रदान गरिएको छ ।
धुर्कोट गाउँपालिका ३ हाडहाडेको निन्युखर्क माविलाई ३६ थान डेक्स बेन्च, बालविकास कक्षाको लागि लो वेड, बालकक्षादेखि १० कक्षासम्मको एक÷एक थान दराज, तीन वटा कम्प्युटर टेवल र टिचर ¥याक प्रदान शिक्षक दिपक श्रीसले जानकारी दिए ।
ब्रिटिस वेलफेयर गुल्मीका कार्यालय प्रमुख बम बहादुर थापाले बिद्यालयका प्रध्यानाध्यापक धन बहादुर खत्री र बिद्यालय व्यावस्थापन समिति अध्यक्ष ओम बहादुर थापालाई संयुक्त रुपमा सामग्री प्रदान गरेको थिए ।

निन्यूखर्क माविमा तीन सय ५७ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । स्थानीय भूतपुर्व ब्रिटिस आर्मी कविराज थापाको सक्रियतामा बिद्यालयलाई भौतिक सामग्री प्रदान गरिएको हो ।