जिल्ला समाचार

गोकर्ण बिष्टकी आमाले रुदै भनिन्,‘सधै गलामा माला देख्न पाउँ’

टोपलाल अर्याल
गुल्मी, २९ मंसिर। एमाले सचिव गोकर्ण बिष्ट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएको बिहिबार पाँचौ दिन हो । उमेद्वार बनेर जिल्लाको मुसिकोट नगरपालिकाबाट अभियान शुरु गरेका बिष्टले निर्वाचित भएपछि बिजयी सभा धुर्कोट गाउँपालिकाबाट संचालन गरेका थिए । यी दुवै अभियानमा उनले धेरैका आर्शिबाद र माया पाए । त्यसैले पनि उनी दोव्वर मतान्तरले बिजयी बने । जहिले जुनसुकै कार्यक्रम र अभियानमा निस्किए पनि बृद्धबृद्धाको आर्शिबाद थाप्न सौखिन बिष्टको घरमा पनि ८८ बर्षिय बृद्धा आमा छन् । उनी जिल्ला आउँदा प्राय आमा नभेटि फर्किदैनन् । छोरासंगै मतदान गरेकी आमालाई छोरो बिजयी बनेको हेर्न र सुन्न हतार थियो । उनलाई बिजयी भएको खबर त्यहि दिन नै परिवारका अन्य सदस्यले सुनाइसकेका थिए । तर पनि आमालाई छोराको रंगिन अनुहार सुमसुम्याउने रहर बाँकी नै थियो ।

बिहिबार बिजयी बनेपछि इस्मा गाउँपालिकाका विभिन्न स्थानमा खुसी साट्न पुगेका बिष्ट आमा भेट्न घर पुगे । बिजय भएर घर आएको छोरालाई देखेर आमा चिन्ता कुमारी निकै खुसी भइन् । गलामा फुलमाला र ओठमा मुस्कान लिएर पुगेका उनले आमालाई भेटे र माला लगाएर ढोगे । छोराले माला लगाएर ढोगेपछि आमाको त्यो खुसी आफ् भित्र अडिएन् ! दुवै हातले आँखा छोपेर रुदै भनिन भनिन,‘बाबु संधै तिम्रो गलामा माला भरिुएको देख्न पाउँ ।’ त्यो दृश्यले संसद बिष्ट मात्र स्तब्ध भएनन, उनीसंगै घरमा पुगेका एक दर्जन बढिको मन थामिएन् । धेरै कार्यक्रम संबोधन गर्ने चटारो लिएर हिडेका उनी केहिबेरमै आमासंग बिदा भएर फर्किए । २१ मंसिरमा इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रमा छोरासंगै मतदान गरेकी उनले छोरालाई प्रधान बनेको हेर्न चाहेको प्रतिक्रिया दिएकी थिइन् ।

छोराले माला लगाएर ढोगेपछि आमाको त्यो खुसी आफ् भित्र अडिएन् ! दुवै हातले आँखा छोपेर रुदै भनिन भनिन,‘बाबु संधै तिम्रो गलामा माला भरिुएको देख्न पाउँ ।

भोट नदिनेहरुलार्ई पछुतो हुने गरी काम गर्छौ

नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधी सभा सदस्य गोकर्ण विष्टले आफुले मत दिने र नदिने भनेर कुनै दिन कसैलाई पक्षपात नगर्ने बताएका छन् । बिजयी सभाका लागि इस्मा पुगेका उनले दोहलीमा संबोधन गर्दै अमुल्य मत प्रदान गर्ने तथा बिमती राख्ने सवैलाई धन्यबाद दिए । नेता बिष्टले विकासका लागि भोट दिनेहरुको माया र नदिनेहरुको खवरदारी आवश्यक पर्ने भएकाले सवैलाई आफुले सधै सम्मान गर्ने बताए । ‘यो गलाको माला खुसी र जिम्मेवारीको हो,’ म दुवै ग्रहण गरिरहेको छु,‘उनले भने,‘भोलीको विकासले नै भोट नदिनेहरुलाई पछुतो हुनेछ ।’ उनले पुसको पहिलो वा दोस्रो साता बामपन्थी सरकार गठन र पार्टी एकता हुने भएकाले अब कसैको तागतले कम्युनिष्टहरुलाई नझुकाउने बताए । अझै पनि केहि शक्ति र पार्टीहरु एकता हुन नदिने खेलमा लागिरहेकाले थप योजना र गृहकार्यका साथ निशकर्षमा पुग्ने विश्वास व्यक्त गरे । आफुहरुसंग संविधान र स्थिर सरकार हुने भएकाले प्रत्येक नागरिकले प्रत्यक्ष अनुभुत हुनेगरी विकास गरिनेमा जोड दिए । बिष्टले अरु काम पनि संगसंगै अगाडी बढ्ने भएपनि स्थानीय तहसंगै आफुहरुले जिल्लामा खानेपानी, बिद्युत र सडकलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले जनताले विकास र समृद्धिको पक्षमा भएकाले परिणाममुखि काम गर्नुको विकल्प नरहेको स्पष्ट पारे । त्यस्तै प्रदेश सभा सदस्य खड्ग केशीले चुनावमा गरिएका बाचा सवै पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । खानेपानीको समस्या, सडक, बिजुली, शिक्षा र स्वास्थ्य लगाइका बिषयमा केहि त्यस्ता समस्या बाँकी भएकाले आगामी दिनमा सवै काम गरेर देखाउने केशीको भनाई छ । उनले आफु र आफ्नो पार्टीलाई बिजयी बनाउन मत प्रदान गर्ने सवैलाई धन्यबाद व्यक्त गरे । प्रतिनिधी सभा सदस्य बिष्ट र प्रदेश सभा सदस्य खडग केशीले बिहिबार इस्मा गाउँपालिकाका सवै वडाहरुमा बिजयी सभा तथा भेटघाट सम्पन्न गरेका छन् ।

कुमाल समुदायसंग भेटघाट

जिल्लाका इस्मा गाउँपालिका ६ अम्मरपुरका कुमाल समुदायसंग नवनिर्वाचित प्रतिनिधी सभा सदस्य तथा संसद गोकर्ण बिष्टले भेटघाट गरेका छन् । बिजयी भएपछि कुमाल गाउँ पुगेका उनले उनीहरुका समस्याका बारेमा साक्षात्कार गरेका थिए । सोहि क्रममा बिष्टलाई स्वागत गर्दै स्थानीय कुमाल समुदायले आफुहरुलाई सीपयुक्त जिविकोपार्जनको बाटो चाहिएको बताएका थिए । साथै उनीहरुले माटोका भाडा बनाउने आधुनिक प्रविधी सेरामिक्सको विकास र सामग्रीहरुको बजारीकरणमा समस्या भएको गुनासो राखेका थिए । सोहि क्रममा नेता बिष्टले नेपालकै महत्वपुर्ण रंगशाला तथा तम्घास–सिमलटारी–प्युठान सडकसंगै कुमाल समुदाय जोडिएकाले भोलीको संभावना र भविष्य राम्रो भएको बताए । ‘पहिलेदेखि यो समुदायको बारेमा सोचिरहेका छौ, उनले भने,‘प्रत्येक व्यक्ति लाभाम्बित हुनेगरी योजना आउँछ ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D