जिल्ला समाचार

गुल्मेली सम्पर्क समाज सिद्धार्थनगरको चौथो अधिवेशन, अध्यक्षमा ज्ञवाली

भैरहवा, ५ वैशाख । गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाको चौथो अधिवेशन तथा टेलिफोन डाइरेक्टरी विमोचन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ।

गुल्मी जिल्लामा जन्म भई विभिन्न पेशा, व्यवसाय, अध्ययनको सिलसिलामा रुपन्देहीमा बसोबास गर्दै आएका गुल्मेलीहरुको संस्था गुल्मेली सम्पर्क समाजको सिद्धार्थनगर शाखाका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले रुपन्देहीलाई कर्म थलो बनाएका गुल्मेलीहरु संस्थागत हुनु राम्रो पक्ष रहेको बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीले पेशा, व्यवसाय, अध्ययनको सिलसिलामा रुपन्देहीमा बसोबास गरेर पनि आफ्नो जन्मथलोको सम्झना गर्दै गुल्मेलीहरु संस्थागत रुपमा सामाजिक काममा सक्रिय हुनु धरै प्रशंसनीय रहेको बताए ।

गुल्मीमा जन्मिएका व्यक्तिहरु नेपाल सरकारका विभिन्न माथिल्लो आहोदामा रहेर सेवा गरिरहेको स्मरण गर्दै शिक्षाको क्षेत्रमा समेत गुल्मी जिल्लाको ठुलो देन रहेको बताए ।

सो अवसरमा विशिष्ट अतिथि गुल्मेली सम्पर्क समाज रुपन्देहीका कार्यवाहक अध्यक्ष नारायण पन्थले समाजले सबै गुल्मेलीलाई एकीकृत गर्दै समाजमा धेरै उदाहरणीय काम गरेको बताए ।

कार्यक्रममा अथितिहरु ऋषिराम भण्डारी, कृष्ण प्रसाद उपाध्याय, डिल्लीराज भट्टराई, हितराज पन्थी, नारायण प्रसाद भण्डारी, रुद्र ज्ञवाली, विष्णु पन्थी, गोपाल प्रसाद पाण्डे अल्छी, घनश्याम विक, शान्ता कंडेल, खेमराज पुन, कृष्ण प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य तथा आ–आफ्ना रचना वाचन गरेका थिए ।

पत्रकार शर्मासहित विभिन्न व्यक्तित्व सम्मानित

गुल्मी जिल्लामा जन्म भइ रुपन्देही जिल्लामा बसोबास गर्दै आएका गुल्मेलीहरुको साझा संस्था गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरले पत्रकार सम्झना शर्मासहित विविध विधाका दर्जन बढी व्यक्तिलाई सम्मान गरेको छ ।

समाज सिद्धार्थनगर शाखाको चौथो अधिवेशनको अवसरमा समाजका गतिविधिलाई संचारको क्षेत्रबाट योगदान पु¥याएको भन्दै भैरहवा टेलिभिजनमा कार्यरत पत्रकार सम्भना शर्मालाई प्रशंसापत्र सहित सम्मान गरिएको हो ।

यसरी सम्मानित हुने अन्य व्यक्तिहरुमा सेवा निवृत्ततर्फ मणि कुमार ज्ञवाली, घनश्याम विक, सुर्य प्रसाद खनाल, झुसे पेमी मगर, शालिक राम पाण्डेय, डासुराम पाण्डे, जानकी जिसी, गणेश प्रसाद ज्ञवाली, हान बहादुर कुंवर, डा. दामोदर ढकाल, कुल प्रसाद खनाल, राम प्रसाद पौडेललाई दोसल्ला तथा प्रशंसा–पत्रले सम्मान गरिएको छ ।

यस्तै उद्योगीतर्फ नारायण प्रसाद भण्डारी, खिम बहादुर खत्री समाजसेवीतर्फ कुलानन्द ज्ञवाली, गोपाल प्रसाद पाण्डे अल्छी, शिक्षा तथा साहित्यतर्फ डिल्लीराज भट्टराई सम्मानित भएका छन् । समाज सिद्धार्थनगर शाखाका सह–सचिव शालिकराम पाण्डेयको संचालन तथा प्रथम उपाध्यक्ष केशवराज ज्ञवालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

केशव ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति

अधिवेशनले केशव ज्ञवालीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। जसको प्रथम उपाध्यक्षमा तारा भण्डारी, द्वितीय उपाध्यक्षमा सीता भण्डारी, सचिवमा शालिकराम पाण्डेय, सह–सचिवमा अर्जुन प्रसाद गौतम र कोषाध्यक्षमा मञ्जु पाण्डे चयन भएका छन् ।

नयाँ समितिको सदस्यहरुमा दुर्गा केशी, रविना भण्डारी खत्री, राम प्रसाद पोख्रेल, विष्णु प्रसाद उपाध्याय, निम बहादुर कुंवर, छवि ज्ञवाली र घनश्याम विक सर्वसम्मत निर्वाचित भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D