जिल्ला समाचार

गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औ स्थापना दिवस मनाईयो, गुल्मीका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान

गुल्मीन्युज
बुटवल, जेठ २० । गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो १७ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सो अवसरमा स्थायी तथा पैत्रिक थलो गुल्मी जिल्ला भै हाल रुपन्देही क्षेत्रका विभिन्न कार्यलयहरुमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाइ स्वागत तथा सम्मान गरेको हो ।

गुल्मेलीहरु बीच आपसी सम्वन्ध र आत्मीयता कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष हिरा बहादुर गलामीले बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकास मन्त्रालयका सचिब कृष्ण प्रसाद ज्ञवालीले यस्ता कार्यक्रमले एक आपसमा आत्मीयता बढ्ने भएकाले आउँदा दिनमा पनि कार्यक्रमको निरन्तरताको अपेक्षा गर्नुभएको छ ।

कार्यक्रममा मुख्यमन्त्री कार्यलयका सचिब राजेश थापा, कृण्ण प्रसाद भण्डरी, कविता अर्याल र सँस्थाको जेष्ठ नागरीक मिलन केन्द्र श्रीङ्गेश्वरधामको संयोजक प्रतिबेदन खेम राज पुनले जानकारी दिएका थिए ।

गुल्मीबाट विभिन्न ठाँउमा आएर जागिर गर्ने सम्पुर्ण क्षेत्रमा आबद्व कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संञ्चालक रेसुङ्ग सहकारी सँस्थाका अध्यक्ष गुल्मेली सम्पर्क समाज रुपन्देहीका सचिव कृष्ण प्रसाद पोखरेलले गर्नु भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D