gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

गुल्मेली दलहरुको संयुक्त अपिल, आत्मअनुशासनद्धारा कोरोना संक्रमण बिरुद्ध लडौ

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

टोपलाल अर्याल
गुल्मी, १८ गते। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना रोग संक्रमण विरुद्धको लडाईलाई प्रभावकारी बनाउन गुल्मी जिल्लाका क्रियाशील राजनीतिक दलहरुले संयुक्त अपिल गरेका छन् । बिज्ञप्तीमा आत्म अनुशासननै कोरानाबाट बच्नको पहिलो उपाय भएकाले सवैलाई सचेत र सजक रहन आग्रह गरिएको छ ।

चार राजनैतिक दलहरुको मंगलबार बसेका बैठकले विश्वमा यो रोगको संक्रमण फैलने क्रम बढि रहेकाले सावुन पानीले हात धुने र घरभित्र बस्ने लगायतका सुरक्षा तथा सतर्कताका सवै उपायहरु अपनाउन सबै जनसमुदायलाई विशेष अपिल गरेको छ । त्यस्तै कोरोना रोगको महामारीको विपद व्यवस्थापनका जिल्लाका सबै स्थानीय तह र वार्डमा सर्वदलीय सहितको तीव्र विपद व्यवस्थापन समूह बनाइ क्रियाशील रहने र स्थानीय तहको नेतृत्वमा गरिने विपद व्यवस्थापनको काममा सवै तर्फबाट सक्रिय सहयोग पुराउने निर्णय भएको नेकपाका नेता गणेश श्रीपालीले जानकारी दिए ।

त्यस्तै जिल्लामा पनि लक डाउनको समयमा बिना काम घरबाहिर निस्कने, भीडभाड हुने गरी खेलकुद, जुवातास, भोज भतेर गर्ने जस्ता गुनासा सुनिएकोले लक डाउनलाई कडाइका साथ लागू गर्ने र उल्लंघन गर्नेलाई कानूनी कार्वाही गर्ने, भारत लगायतका विदेशबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउने र क्वारेनटाइनमा राख्नका लागि आवश्यक परेमा सुरक्षाकर्मीको परिचालन गर्ने, भारत लगायतका देशबाट अब आउने व्यक्तिलाई सीमा नाकामामै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको श्रीपालीले बताए ।

गुल्मी जिल्ला भित्र नयाँ व्यक्ति भित्रिन नदिनका लागि कडा निगरानी गर्ने र अत्यावश्यक कारणले भित्रिन परेमा अनिवार्य क्वारेनटाइनको व्यवस्था गर्ने, सबै स्वास्थ्यकर्मी लगायतका व्यक्तिलाई पिपिई लगायत अत्यावश्यक सामग्री तथा दैनिक उपभोग्य वस्तु स्थानीय स्तरसम्म अविलम्ब उपलब्ध गराउन पहल निर्णय भएको दलहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गुल्मीका इन्चार्ज दिनेश पन्थी, नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, समाजवादी पार्टीका उपाध्यक्ष घनश्याम पाण्डेय,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ठाकुर प्रसाद पाण्डेय, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य हरि न्यौपानेद्धारा जारी बिज्ञप्तीमा कोरोनाका विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मी र जनप्रतिनिधि, राजनीतिक दल, सबै राष्ट्रसेवक, सुरक्षाकर्मी, व्यवसायी संघ–संस्थाहरु, नागरिक समाज, संचारकर्मी तथा यो विपद्मा सहयोग र सेवा पुराउने सबैप्रति उच्च प्रशंसा गर्दै आवश्यक सहयोग र समन्वय गरेर कोरोना विरुद्धको लडाईलाई सफल पार्न हरतरहले जुटने प्रतिवद्धता दलहरुले गरेका छन् ।

यो पनि पढ्नुस्

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D