जिल्ला समाचार

गुल्मेली कवि कुवँरको निधन

अनिता खत्री
गुल्मी, जेठ १७ । कवि भेष बहादुर कुवँर प्रयासीको’ निधन भएको छ । साहित्यक क्षेत्रमा उल्लेखीय योगदान पु¥र्याउनुभएका कुवँरको जन्म बि.स.२००५ भाद्र १९ गते तत्कालिन तम्घासको धाँगीथुम तथा हालको रेसुङ्गा नगरपालिका –२ मा जन्म भएको हो । विगत केही समयदेखी स्वास्थ्यको उपचार गराई रहनुभएका कुवँरको ७१ वर्षको उमेरमा जेठ १७ गते निधन भएको हो ।

साहित्य क्षेत्रसँगै जीवनको लामो समय शिक्षण पेशामा रहनुभएका कवि भेष बहादुरको निधनप्रति उहाँको सम्झना गदै जिल्लामा रहेका विभिन्न साहित्यक संस्था तथा विद्यालयहरुले शोक सभा समेत गरेका छन्।
किरण पुस्ताकालय तम्घासले पनि कवि भेष बहादुर कुवँरको निधनप्रति शोक तथा श्रद्धान्ञ्जली प्रस्ताव पास गदै शोक व्यक्त गरेको छ । किरण पुस्तकालयको पूर्व कोषाध्यक्ष समेत रहनुभएका कुवँरको निधनले गुल्मेको साहित्यक क्षेत्रमा अपूरणीय क्षेति पु¥र्याएको बताउनुहुन्छ किरण पुस्तकालयका उपाध्यक्ष तथा कवि शशि पन्थी ।

सानैदेखी प्रतिभासम्पन्न बिद्यालयस्तरमा पढ्दादेखी साहित्यमा लगाव थियो । तत्कालिन महेन्द्र हाइस्कुलमा अध्ययन् गर्दा नै कविता र गीत मा उहाँले कलम चलाउँने गर्नुहुन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा,जनकवि केशरी धर्मराज थापाबाट प्रभावित हुनुभएका भेष बहादुर एस.एल.सि पास गरेपछि किरण पुस्ताकालय तम्घासमा आयोजना गरीने विभिन्न गोष्ठीहरुमा कविता पठन गरेर पुरस्कृत हुन थालेपछि उहाँलाई कवि भनेर सम्बोधन गर्न थालिएको हो ।
उहाँका कविताहरुमा रोमान्टिक र स्वच्छन्दतावादी प्रवृत्ति भेटाउन सकिन्छ । देशभक्ति भावनाले भरिएका कविता लेख्ने,मिठो स्वरमा वाचन गर्ने बिशेष गरी गुल्मी,अर्घाखाँची र पाल्पा बोलिने शब्दहरुको समोजनबाट अत्यन्तै साधारण मान्छेहरुले बुझ्ने तर गहिराईमा पुग्दा भाव,दर्शन,गहनता भेटाउन सकिने बताउनुहुन्छ कवि तथा किरण पुस्तकालयका सचिव दिन पन्थी ।

जिल्ला र अञ्चलस्तरमा आयोजना गरिएका विभिन्न कवि गोष्ठीहरुमा उहाँ प्रायःपुरस्कृत हुनुथ्यो । महेन्द्र हाइस्कुलबाट एस.एल.सि र बुटवल बहुमुखी क्याम्पसबाट प्रवीणतापत्रतह उत्र्तिण गर्नुभएका कुवँरले गुल्मीको घमिर र तम्घासका तत्कालिन रेसुङ्गा प्राथमिक बिद्यालयको हालको रेसुङ्गा माध्यामिक बिद्यालय र महेन्द्र हाइस्कुल हालको महेन्द्र नमुना माध्यामिक बिद्यालयमा करिब ३० वर्षभन्दा लामो सेवा गरी सेवा निवृत्त हुनुभएको थियो ।

हरेक कुराहरुलाई रसिक तरिकाबाट ग्रहण गर्ने कुँवर मिलनसार व्यक्तित्व,सरल स्वभाव नै अविशमरणीय छ भन्नुहुन्छ उहाँका करिब १२ वर्ष अध्यापन गर्नुभएका महेन्द्र नमुना माध्यामिक बिद्यालयका प्रार्चाय केशर बहादुर थापा ।

कवि भेष बहादुर कुवँर शिक्षक पेशामा हुँदा पनि उहाँको अध्यापन गराउने शैली र व्यवहारिकता थियो भन्दै स्मरण गर्नुहुन्छ । कुवँरका तत्कालिन समयका बिद्यार्थी चुडामणि पन्थी ।
किरण पुस्तकालयबाट प्रकाशित हाम्रो पुरुषार्थ नामक राष्ट्रिय त्रैमासिक साहित्यक पत्रिकाको प्रारम्भदेखि नै सहायक सम्पादक भई काम गर्नुभएको थियो । उहाँका ४ वटा कविता संग्रहसँगै विभिन्न पत्रपत्रिकाहरुमा कविताहरु प्रकाशित छन् । ‘बादल’,‘घुम्तिहरुको आवाश’,‘मेरा केही अनुभुतिहरु’र ‘बाइस तरङ्ग’ उहाँका कविता संङग्रहरु हुन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D